लन्डन । बेलायतमै निर्मित चलचित्र ‘एटीन’ लन्डनस्थित नेपाली दूतावासमा प्रदर्शन गरिएको छ । सम्भवतः दूतावासभित्रै नेपाली चलचित्र प्रदर्शन गरिएको यो पहिलो पटक हो । प्रेम लामाद्वारा निर्देशित चलचित्र ‘एटीन’ राजदूत डा. दुर्गाबहादुर सुवेदीको अनुरोधमा नारी दिवसको अवसरमा निशुल्क देखाइएको लामाले जनाए ।
ऐतिहासिक महत्व बोकेको बेलायतस्थित नेपाली दूतावासमा चलचित्र प्रदर्शन गर्न पाउनु आफ्नो लागि मात्र नभएर नेपाली चलचित्रकै लागि ऐतिहासिक क्षण रहेको निर्देशक लामाले उत्साहित हुंदै सुनाए ।
गत फेब्रुअरी २४ मा हयारोस्थित सफारी सिनेमामा उक्त चलचित्रको पहिलो रेड कार्पेट प्रिमियर शो गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि रहेका राजदूत डा. सुवेदीले चलचित्र रचनात्मक र सन्देशमुलक बनेको र यसले बेलायतको नेपाली समाजलाई सकारात्मक सन्देश दिन खोजेको प्रतिक्रिया दिएका थिए ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी यतै हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ ।
कला, साहित्य र कलाकारप्रेमी कुटनीतिज्ञ सुवेदी बेलाबखत नेपालबाट आएका एवं स्थानीय कलाकारहरुलाई दूतावासमै बोलाएर सम्मान गर्ने गर्छन्, जुन प्रेरणादायी छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने