लन्डन । बेलायतमै निर्मित चलचित्र ‘एटीन’ लन्डनस्थित नेपाली दूतावासमा प्रदर्शन गरिएको छ । सम्भवतः दूतावासभित्रै नेपाली चलचित्र प्रदर्शन गरिएको यो पहिलो पटक हो । प्रेम लामाद्वारा निर्देशित चलचित्र ‘एटीन’ राजदूत डा. दुर्गाबहादुर सुवेदीको अनुरोधमा नारी दिवसको अवसरमा निशुल्क देखाइएको लामाले जनाए ।
ऐतिहासिक महत्व बोकेको बेलायतस्थित नेपाली दूतावासमा चलचित्र प्रदर्शन गर्न पाउनु आफ्नो लागि मात्र नभएर नेपाली चलचित्रकै लागि ऐतिहासिक क्षण रहेको निर्देशक लामाले उत्साहित हुंदै सुनाए ।
गत फेब्रुअरी २४ मा हयारोस्थित सफारी सिनेमामा उक्त चलचित्रको पहिलो रेड कार्पेट प्रिमियर शो गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि रहेका राजदूत डा. सुवेदीले चलचित्र रचनात्मक र सन्देशमुलक बनेको र यसले बेलायतको नेपाली समाजलाई सकारात्मक सन्देश दिन खोजेको प्रतिक्रिया दिएका थिए ।
सम्पूर्ण छायांकन बेलायतमै गरिएको उक्त चलचित्रमा नेपालबाट बेलायत आएर ‘सेटल’ भएको पहिलो पुस्ता र बेलायतमै जन्मी यतै हुर्किएको दोस्रो पुस्ताबीच ‘जेनेरेशन ग्याप’, मनोविज्ञान, त्यसबीच उब्जने उतारचढाव र सामाजिक सन्देश देखाइएको छ ।
कला, साहित्य र कलाकारप्रेमी कुटनीतिज्ञ सुवेदी बेलाबखत नेपालबाट आएका एवं स्थानीय कलाकारहरुलाई दूतावासमै बोलाएर सम्मान गर्ने गर्छन्, जुन प्रेरणादायी छ ।
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
अमेरिकी सरकार सटडाउनतर्फ
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख