लन्डन । बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर धन गुरुङले ३३ वर्षपछि आफ्नो गृहनगरमा कन्सर्ट गर्ने भएका छन् । युवावस्थामा सांगीतिक कार्यक्रम गरिरहने माटोमा उनको पुनरागमन हुनेछ यही फेब्रुअरी १५ तारिख । ‘हिमालयन व्याण्ड टु’ का गायकका रुपमा गुरुङलाई पुनः सांगीतिक मञ्चमा स्वागत गर्न आतुर छन् मेचीनगर नगरपालिकावासी ।
‘दि गोर्खा मेमोरियल फाउण्डेशन नेपाल’ र काकरभिट्टा भेट्रान फुटबल क्लबले संयुक्त रुपमा आयोजना गर्न लागेको ‘एन इभिनिङ वीथ धनकिरण गुरुङ’ मा विशेष आकर्षण हुनेछन् उनी ।
मेचीनगर नगरपालिका ६ स्थित काकरभिट्टा स्कुल फुटबल मैदानमा उक्त च्यारिटी कन्सर्ट हुन लागेको गुरुङले जनाए । कन्सर्टबाट संकलित रकम स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र युवाहरुको खेल विकासका लागि खर्च गरिने पनि उनले जानकारी दिए ।
उनले आफ्नै कम्पोजका म हो नेपाली, मेरो देश नेपाल, जिन्न्दगीको के छ भरोसा, सोल्टिनी नानी, मेरी आमा लगायत गीत प्रस्तुत गर्ने तयारी गरिरहेका छन् । ‘आफ्नै घर आंगनमा आफन्त, पुराना दौंतरी र नयां पुस्तामाझ गीत गाउन म ज्यादै उत्साहित छु’- होम स्टुडियोमा रिहर्सलका बेला भेटिएका गुरुङले सुनाए ।
तीन घण्टा लामो कार्यक्रममा प्रख्यात हांस्य कलाकार मनोज गजुरेल र गायिका मेलिना राईले पनि साथ दिंदैछन् । इगल म्यूजिक सिस्टम झापाले साउण्ड सिस्टम व्यवस्था गर्नेछ । स्थानीय प्रशासनले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गुरुङले बताए । ‘स्थानीय मेयर विमल आचार्यले सानो हुंदा मेरो सांगीतिक कार्यक्रम खुब हेर्ने रहेछन् । लामो समयपछि गृह नगरमा फेरि धन दाईको ऐतिहासिक कार्यक्रम हेर्न पाइने भयो भनेर उत्साहित भएको मलाई बताएका छन्’- गुरुङले भने ।
अध्ययन र ब्रिटिश आर्मीमा भर्ती भएपछि उनले गृहजिल्ला छाडेको ३३ वर्ष भएको थियो । यस बीचमा गुरुङ बेलायतमा पहिलो नेपाली काउन्सिलर बनेर नाम मात्र कमाएनन्, बेलायतको स्थानीय राजनीतिसंग निकट हुने अवसर पनि जुराए ।
कन्सर्टका लागि यही २५ तारिख नेपाल जाने तयारीमा छन् उनी । सोही अवसरमा गुरुङको ‘यात्रा’ नामक एल्बम समेत विमोचन गर्ने कार्यक्रम छ ।
गोर्खा मेमोरियल फण्ड यूकेका अध्यक्ष गुरुङसंग यूकेका ५ जना अग्नी नियन्त्रकहरु पनि यात्रामा सहभागी हुनेछन् । ति अग्नी नियन्त्रक गुरुङकै पहलमा मेची नगरपालिका-६ मा अग्नी नियन्त्रणको विशेष तालिम दिन जान लागेका हुन् । आगो निभाउन प्रयोग गरिने सामान झण्डै एक टन र २ वटा ठूलो जेनेरेटर समेत प्रदान गर्ने गुरुङको योजना छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता