लन्डन । छोटो तर धेरै दौडधुपले नायिका नम्रता श्रेष्ठ पहिलो बेलायत भ्रमणमा अस्वस्थ्य नै भइन् । लामो यात्रा, बेलायतको चिसिंदो मौसम र छोटो अवधिबीच तय गरिएका धेरै कार्यक्रमले उनी बिरामी नै परिन् । ‘मलाई सन्चो छैन् तर तपाईंहरुको माया र उपस्थितिले म उत्साहित छु’, शनिबार बेलायतस्थित अल्डरसट प्रिन्सेस हलमा आफ्नो पछिल्लो फिल्म प्रसाद प्रिमियरमा उपस्थित भएकी नम्रता भन्दै थिइन् ।
नेपाली फिल्म रुचाइदिने दर्शकप्रति आभार व्यक्त गर्दै नम्रताले आफूलाई माया गरिरहन आग्रह समेत गरिन् । शुक्रबार सोआस युनिभर्सिटीमा नेपाली फिल्म र आफ्नो जीवनका उतारचढाबबारे खुलेर बोलेकी नायिका श्रेष्ठसंग नेपाली सिनेमाप्रेमीले आइतबार अल्डरसटस्थित डि लाउन्जमा ‘मिट एण्ड ग्रीट’ पनि गरे । सोमबार उनी लन्डनको माया पबमा फेरि दर्शकहरुको सामिप्यमा आउंदैछिन् ।
ब्लगर लेक्स लिम्बु, हयाब अ मोमेन्ट र जि ९ इन्टरटेन्मेन्टसले फिल्म ‘प्रसाद’ को बेलायतमा प्रिमियर शो गरेका हुन् । लिम्बुले नेपाली चलचित्र प्रवर्धन र दर्शकलाई उत्कृष्ट फिल्म देखाउन कार्यक्रम तय गरिएको बताए । अचेल नेपाली चलचित्र उत्कृष्ट बन्दै गएकाले नयां पुस्ता समेत यसतिर आकर्षित भएको उनको भनाइ थियो ।
अधिकांश दर्शकले चलचित्रले फरक कोणबाट उठाएको सामाजिक विषयवस्तु, कलाकारहरुको सशक्त तथा मन छुने अभिनय, सरल तर दमदार प्रस्तुति, उत्कृष्ट गीत लगायतका कारणले चलचित्र मन पराएको बताएका थिए । ‘चलचित्रले समाजभित्रको वास्तविकतालाई सरल र मन छुने ढंगले प्रस्तुत गरेको छ’, फिल्म हेर्न पुगेका नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्यालले भने, ‘कलाकारहरुको सशक्त अभिनय चलचित्रको बलियो पक्ष छ ।’
नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदि कलाकारले अभिनय गरेको ‘प्रसाद’ दिनेश राउतले निर्देशन गरेका हुन् ।
अन्तर्जातीय प्रेम बिबाह पश्चात गाउं र परिवार छोडेर शहर पसेको एक जोडीले निस्सन्तान भएपछि आइपरेको समस्या र आफैंसंग गरेको द्वन्द्व नै फिल्मको मुख्य प्लट हो । महिला पात्र केन्द्रमा रहेको फिल्मले उक्त पात्रले आफ्नो अधिकार प्राप्तिका लागि लडेको लडाईंलाई पनि आत्मसात गरेको देखिन्छ ।
‘प्रसाद’ बेलायतका अन्य विभिन्न शहरमा समेत प्रदर्शन गर्ने तयारी छ ।
तस्विर सौजन्य- शंकर श्रेष्ठ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा