लन्डन । अल्डरसटमा बनाउन लागिएको शिव मन्दिरका लागि बेलायतका नेपालीले चन्दा कबुल गरेर पनि दिन आलटाल गरेपछि चिन्ता बढेको छ ।
शिव कल्चरल एण्ड कम्युनिटी सेण्टरले शिव मन्दिर तथा सामुदायिक केन्द्र स्थापनार्थ भवन खरिदका लागि सहयोग जुटाउन गत जनवरी ४ तारिख देखि गरेको ३ दिने श्रीमद्भागवत पुराण, वेद र बुद्ध दर्शन सम्बन्धि आध्यात्मिक प्रवचनमा सहयोगका लागि धेरैले बोले, खादा लगाए तर खातामा पैसा अझै हालेनन् ।
सेन्टरका महासचिव विक्रम भट्टराईले शुक्रबार राती फेसबुकमा लेखे- ‘मन्दिरको भवनको चाबी बुझ्ने दिन नजिकिंदै गर्दा तीन लाख पाउण्ड जुटाउन नसक्ने हो कि भन्ने चिन्ता पनि बढ्दै छ । पुनः अनुरोध कृपया सक्दो चांडो तपाईंले वाचा गर्नुभएको सहयोग रकम खातामा जम्मा गरिदिनु होला र अरु सबैलाई भनिदिनु पनि होला ।’
वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको सुमधुर वाचनमा भएको उक्त आध्यात्मिक महोत्सवमा चेक र नगद गरि ९ हजार पाउण्ड खातामा आयो तर प्रतिवद्धता रकम ४२ हजार पाउण्ड अझै आएन ।
उक्त भवन खरिद गर्न ३ लाख पाउण्ड आवश्यक पर्नेछ । अहिलेसम्म प्रोपर्टीलाई दिएको दश प्रतिशत डिपोजिटसहित २ लाख ३० हजार पाउण्ड सेन्टरको बैंक खातामा छ । ‘मोर्गेज फ्रि’ गर्न ७० हजार पाउण्ड नभइ हुन्न । बोलेको रकम त एक लाख पाउण्ड बढि छ तर बैंक खातामा पैसा आइनसक्दा २८ जनवरीमा भवनको चाबी लिन नपाइने हो कि भन्ने चिन्ता सेन्टरलाई छ ।
महासचिव भट्टराईका अनुसार, १० हजार प्रतिवद्धता गर्ने व्यवसायी योगेन क्षेत्री, सदस्यहरुबाट उठाएर १० हजार पाउण्ड दिने प्रतिवद्धता गरेको तमुधिं यूके, श्रृजनशील नेपाली समाज यूके, पासा पुचः यूके, मोना यूके, फ्रिम्ली पार्क हस्पिटल र रोयल सरे गिल्फोर्डमा कार्यरत नेपाली, ५ हजार पाउण्ड बोल्ने तीन जना लगायत कयौंले रकम ‘ट्रान्सफर’ गर्न बांकी छ ।
साइ सेन्टर फार्नबोरोले ५० हजार मध्ये ४० हजार पाउण्ड दिइसकेको छ । सेन्टरले प्रतिवद्धता रकम छिटो दिएर आफ्नो अभियान सार्थक तुल्याइदिन अपिल गरेको छ ।
बास्तु शास्त्र अनुसार मन्दिरमा मूर्ति कता राख्ने भनेर पण्डित निलहरि घिमिरे र व्यवसायी रबिजंग लामिछानेले शुक्रबार भवन निरिक्षण गरेका थिए । शिव मन्दिर भवनका लागि व्यक्तिगत रुपमा लामिछानेले सबैभन्दा बढि १३ हजार २७ पाउन्ड दिइसकेका छन् ।
पण्डित दिनबन्धु कार्यक्रम सकेर शनिबार नेपाल फर्कंदै छन् । उक्त आध्यात्मिक प्रवचनको उद्घाटन र समापन राजदूत डा. दुर्गाबहादुर सुवेदीले गरेका थिए । राजदूत सुवेदीले नेपाल सरकारका तर्फबाट मन्दिरलाई पशुपतिनाथ मन्दिरको प्रतिनिधित्व गर्ने मूर्ति हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
समारोहमा तीन दिनभित्र करिब ६५० जना श्रद्धालु भक्तजन सहभागी भएको सेन्टरले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा