लन्डन । बेलायतमा मोर्गेज, पेन्सन, विल, इन्स्योरेन्स लगायतका आर्थिक सेवा प्रदान गर्दै आएको ए स्टार फाइनान्सियल सोल्युसन्स युके र करसम्बन्धी सेवा दिँदै आएको एसएनपी प्लसको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ । दुवै कम्पनीले संयुक्त रुपमा आइतबार आसफोर्डमा एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएका छन् ।
कार्यक्रममा बेलायतका नेपाली समुदायका अगुवा एवं संघसंस्थाका प्रतिनिधि र पेशाकर्मीहरुको उपस्थिति थियो । कार्यक्रममा ए स्टार फाइनान्सियल सोल्युसन्सका प्रिन्सिपल मीन दर्लामीले ए स्टारले व्यवसाय मात्र नगरी नेपाली समुदायमा सामाजिक सेवाका कार्य पनि गर्दै आएको बताए । उनले विभिन्न स्थानमा नेपालीहरुलाई निशुल्क परामर्श दिनुका साथै विभिन्न संघसंस्थाले गरेका सामाजिक कार्यमा सहयोग गरेको जानकारी दिए ।
एसएनपी प्लसका निर्देशक चार्टड एकाउण्टेण्ट समीरनाथ प्याकुरेलले नेपाली समुदायका लागि सेवा दिन आफूहरु सदासर्वदा तत्पर रहेको बताए । ए स्टारका रमेशसिंह सराङकोटीले ए स्टारले प्रदान गर्ने सेवा र हालसम्म गरिरहेको सामाजिक कार्यका बारेमा प्रेजेन्टेसन दिएका थिए ।
कार्यक्रममा नेपाली समुदायका अगुवाहरुले शुभकामना दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योगकुमार फगामी, मगर संघ युकेका अध्यक्ष नेम थापा, सगरमाथा गोरखा नेपलिज कम्युनिटी आसफोर्डका वरिष्ठ उपाध्यक्ष कप्रसाद छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ युकेका पूर्व अध्यक्ष तुल छन्त्याल, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, क्षेत्री समाज युकेका पूर्व अध्यक्ष धन कुँवर, नेपाल आदिवासी जनजाति महासंघ युकेका पूर्व अध्यक्ष श्रीप्रसाद लिम्बु, तमुधिँ युकेका पूर्व अध्यक्ष सुवसिंह गुरुङ, मगर बिज्नेस फोरमका संयोजक रत्न राना, ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, व्यवसायी फत्त थापा, याख्खा छुम्मा युकेका पूर्व अध्यक्ष धन रोगू, पूर्व प्रहरी मञ्च युकेका पूर्व अध्यक्ष शिवजी श्रेष्ठ, मेजर एक गुरुङ, पूर्व काउन्सिलर धन गुरुङ, नेपाल पर्यटन बोर्डका युकेका लागि पूर्व प्रतिनिधि पशुपति भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा ए स्टार र एसएनपी प्लसलाई सहयोग गर्ने विभिन्न महानुभावहरुलाई उपहार पनि प्रदान गरिएको थियो ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल