लण्डन । बेलायतमा पनि घरबारबिहीन अत्यधिक छन् भन्ने सुन्दा अचम्म नमान्नु होला । संसारको अति बिकसित मुलुक बेलायतमा बर्सेनी ६०० घरबारबिहीनहरुको चिसो, ड्रग्स, आत्महत्या आदि कारणले मृत्यु हुन्छ ।
बीबीसीले जनाए अनुसार ५ बर्षभित्र इंगल्याण्ड र वेल्समा मात्रै २६२७ बेलायती घरबारबिहिनको अकालमै मृत्यु भएको छ । उक्त समाचार प्रसारण भएकै दिन बिहीवार बेलायतमा बसोबास गर्ने नेपालीले स्थानीय घरबारबिहीनहरुका लागि खाना र न्यानो कपडा ब्यबस्था गर्न एक च्यारिटी गरे ।
बेलायतस्थित बेजिंगस्टकमा बसोबास गर्ने समाजसेवी शिवजी श्रेष्ठले आफ्नो ब्यबसायिक संस्थामा आयोजित च्यारिटी कार्यक्रमबाट उठेको रकम क्याम्रोज डे सेन्टर र नाइट लाइट विन्टर सेल्टर नामक संस्थामार्फत ति असहाय घरबारबिहीनहरुलाई अत्यावश्यक बस्तुहरुको ब्यबस्था गर्न प्रदान गरिने बताएका छन्।
बेलायतमा ब्यबसाय गरिरहेका पूर्व डिएसपी श्रेष्ठ नेपालका लागि बिभिन्न च्यारिटीमा संलग्न भइरहन्छन् । उनी भन्छन् – ‘आफ्नो देशको लागि गर्ने कुरा त छदैछ, तर आफू बसेको देशको लागि पनि केही गर्नु हाम्रो कर्तब्य हो । संसारमा जंहाका मानिस चिसोले मरेपनि अहिलेको आधुनिक बिश्वलाई चिमोट्ने हो । त्यसैले सकेको सहयोग गरौं भन्ने सोचें ।’
सो अवसरमा स्थानीय बेजिंगस्टक एण्ड डिन काउन्सिलका मेयर सोन केटिंगले एउटा नेपालीले बेलायतमा रहेका बेलायती असहायहरुको लागि यस किसिमको कार्यक्रम गर्नु सह्रानीय कार्य भएको बताए । उनले आफूले नेपाली हृदयको सम्मान गर्ने बताउँदै रकम संकलनको लागि लिलाम बढाबढ गर्न नातिनीले दिएको उपहार नै प्रदान गरे ।
त्यसैगरी स्थानीय लेबोर पार्टीका अध्यक्ष तथा काउन्सिलर किम टेलरले बेलायतमा रहेका नेपालीहरु बेलायती समाजको अभिन्न अंग रहेको यही च्यारिटीले प्रमाणित गरेको भनि नेपालीहरुको खुबै प्रशंशा गरे ।
नेपाली डिनरसहित नेपाली परम्परागत सारंगीबाट शुरु भएको सो कार्यक्रममा सयपत्री सांस्कृतिक केन्द्रका अध्यक्ष डम्बर सिंह, प्रभा बिक, बिष गुरुङ, शुभाशिश श्रेष्ठ, आरन, एन्जल, एरिना लगायत कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी