लण्डन । आफू अभिनित चलचित्र ‘प्रसाद’को प्रदर्शनका लागि नायिका नम्रता श्रेष्ठ युके आउने भएकी छिन् ।
नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘प्रसाद’लाई युकेमा लेक्स लिम्बु, ह्याब अ मोमेण्ट र जी नाइन इन्टरटेनमेन्टस्ले प्रदर्शन गराउन लागेको हो ।
आयोजकमध्येका एक लेक्स लिम्बुले नम्रताको भिजा लगायत प्रक्रिया पूरा भइसकेको बताए । उनका अनुसार जनवरी ५ मा एबरडीन, जनवरी ११ मा स्टाफोर्ड, जनवरी १२ मा अल्डरसटमा सो चलचित्र प्रदर्शन हुने तय भइसकेको छ भने प्लमस्टिड, ह्यरो, ग्रेज, मेडस्टोन, योर्क, ब्लाण्डफोर्ड, फोल्कस्टोन, बुलफोर्ड, रेडिङ लगायतका स्थानमा पनि सो चलचित्र देखाइने बताइएको छ ।
नायिका नम्रता श्रेष्ठ भने प्रिन्सेस हल अल्डरसटमा हुने कार्यक्रममा मात्र सरिक हुनेछिन् । चलचित्र हेर्न अग्रिम बुकिङका लागि १२ पाउण्ड र गेटमा १५ पाउण्ड टिकट दर राखिएको छ ।
यसबाहेक नम्रता किंग्स कलेज लण्डनमा जनवरी ११ मा किंग्स कलेज लण्डन नेपलिज सोसाइटीले आयोजना गर्ने प्रश्नोत्तर कार्यक्रममा समेत उपस्थित हुनेछिन् । यस्तैगरी, जनवरी १३ मा अल्डरसटस्थित डि लाउञ्जमा लेक्स लिम्बुले नम्रतालाई अन्तर्वार्ता लिने छन् । सो अवसरमा उनीसित तस्वीर खिच्न र भेट्न समेत पाइनेछ ।
प्रसादमा नम्रताका अलावा विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भूषाल लगायतको भूमिका छ भने नोभेम्बर रेन, क्लासिक र प्रभाजस्ता चलचित्र निर्देशन गरिसकेका दिनेश राउतको निर्देशन छ ।
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते