लण्डन । आफू अभिनित चलचित्र ‘प्रसाद’को प्रदर्शनका लागि नायिका नम्रता श्रेष्ठ युके आउने भएकी छिन् ।
नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको चलचित्र ‘प्रसाद’लाई युकेमा लेक्स लिम्बु, ह्याब अ मोमेण्ट र जी नाइन इन्टरटेनमेन्टस्ले प्रदर्शन गराउन लागेको हो ।
आयोजकमध्येका एक लेक्स लिम्बुले नम्रताको भिजा लगायत प्रक्रिया पूरा भइसकेको बताए । उनका अनुसार जनवरी ५ मा एबरडीन, जनवरी ११ मा स्टाफोर्ड, जनवरी १२ मा अल्डरसटमा सो चलचित्र प्रदर्शन हुने तय भइसकेको छ भने प्लमस्टिड, ह्यरो, ग्रेज, मेडस्टोन, योर्क, ब्लाण्डफोर्ड, फोल्कस्टोन, बुलफोर्ड, रेडिङ लगायतका स्थानमा पनि सो चलचित्र देखाइने बताइएको छ ।
नायिका नम्रता श्रेष्ठ भने प्रिन्सेस हल अल्डरसटमा हुने कार्यक्रममा मात्र सरिक हुनेछिन् । चलचित्र हेर्न अग्रिम बुकिङका लागि १२ पाउण्ड र गेटमा १५ पाउण्ड टिकट दर राखिएको छ ।
यसबाहेक नम्रता किंग्स कलेज लण्डनमा जनवरी ११ मा किंग्स कलेज लण्डन नेपलिज सोसाइटीले आयोजना गर्ने प्रश्नोत्तर कार्यक्रममा समेत उपस्थित हुनेछिन् । यस्तैगरी, जनवरी १३ मा अल्डरसटस्थित डि लाउञ्जमा लेक्स लिम्बुले नम्रतालाई अन्तर्वार्ता लिने छन् । सो अवसरमा उनीसित तस्वीर खिच्न र भेट्न समेत पाइनेछ ।
प्रसादमा नम्रताका अलावा विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भूषाल लगायतको भूमिका छ भने नोभेम्बर रेन, क्लासिक र प्रभाजस्ता चलचित्र निर्देशन गरिसकेका दिनेश राउतको निर्देशन छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा