लन्डन । इयूबाट बहिर्गमन (ब्रेक्जिट) पछि बेलायतले युरोपेली आप्रवासीमाथि कडा नियन्त्रण गर्ने योजना बनाएको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री टेरेजा मे मन्त्रीपरिषदले इयूबाट बहिर्गमनपछि आफ्नो देश प्रवेश गर्न युरोपका आप्रवासीले ३० हजार पाउण्ड कमाउनु पर्ने योजना बनाएको समाचार टेलिग्राफले छापेको छ । उक्त प्रस्ताव आप्रवासन श्वेतपत्रमा समावेश गर्ने तयारी छ तर यसले मे क्याबिनेट विभाजित हुने ठानिएको छ । औपचारिक रुपमा आगामी साता घोषणा गर्ने तयारी गरिएको उक्त प्रस्ताव अनुसार युरोपका दक्ष आप्रवासीले ५ वर्षको भिजामा बेलायत आउन ‘जब अफर’, तलबसहित सरकारको आवश्यक ‘थ्रेसहोल्ड’ पुरा गर्नुपर्नेछ । सामान्य कामदारका हकमा भने जागिर भए अस्थायी रुपमा एक वर्षको भिजामा यूके आउन पाउनेछन् तर भिजा सकिएपछि फर्कनु पर्नेछ ।
आगामी डिसेम्बर २०२० मा ब्रेक्जिट कार्यान्वयन अवधि सकिएपछि यो नियम लागू हुनेछ । गृहमन्त्री साजिद जाविदले बीबीसीसंग ल्याउन लागिएको नयां प्रणालीबारे पुष्टि गर्दै यो अध्यागमन प्रणालीमा चार दशक यताकै सबैभन्दा ठूलो परिवर्तन हुने बताएका छन् । अर्जेन्टिनामा आयोजित ‘जि २०’ सम्मेलनका क्रममा पनि प्रधानमन्त्री मेले सरकार समर्थित ‘माइग्रेसन एडभाइजरी कमिटी’ तलबको थ्रेसहोल्ड राख्न जरुरी भएकोबारे स्पष्ट भएको बताएकी थिइन् ।
गत महिना सार्वजनिक अफिस फर नेशनल स्टयाटिसटिक्सको तथ्यांक अनुसार युरोपबाट बेलायत आउने खुद आप्रवासन संख्या ६ वर्षयताकै न्यून भएको छ । यो वर्षको जुन महिनासम्म इयूबाट ७४ हजार आप्रवासी बेलायत प्रवेश गरेका थिए, जुन दुईवर्ष अघि २०१६ जुनमा भन्दा ६० प्रतिशतले कमी हो । सन् २०१२ मा यो संख्या एक लाख ८९ हजार थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न