लन्डन । इयूबाट बहिर्गमन (ब्रेक्जिट) पछि बेलायतले युरोपेली आप्रवासीमाथि कडा नियन्त्रण गर्ने योजना बनाएको तथ्य सार्वजनिक भएको छ । प्रधानमन्त्री टेरेजा मे मन्त्रीपरिषदले इयूबाट बहिर्गमनपछि आफ्नो देश प्रवेश गर्न युरोपका आप्रवासीले ३० हजार पाउण्ड कमाउनु पर्ने योजना बनाएको समाचार टेलिग्राफले छापेको छ । उक्त प्रस्ताव आप्रवासन श्वेतपत्रमा समावेश गर्ने तयारी छ तर यसले मे क्याबिनेट विभाजित हुने ठानिएको छ । औपचारिक रुपमा आगामी साता घोषणा गर्ने तयारी गरिएको उक्त प्रस्ताव अनुसार युरोपका दक्ष आप्रवासीले ५ वर्षको भिजामा बेलायत आउन ‘जब अफर’, तलबसहित सरकारको आवश्यक ‘थ्रेसहोल्ड’ पुरा गर्नुपर्नेछ । सामान्य कामदारका हकमा भने जागिर भए अस्थायी रुपमा एक वर्षको भिजामा यूके आउन पाउनेछन् तर भिजा सकिएपछि फर्कनु पर्नेछ ।
आगामी डिसेम्बर २०२० मा ब्रेक्जिट कार्यान्वयन अवधि सकिएपछि यो नियम लागू हुनेछ । गृहमन्त्री साजिद जाविदले बीबीसीसंग ल्याउन लागिएको नयां प्रणालीबारे पुष्टि गर्दै यो अध्यागमन प्रणालीमा चार दशक यताकै सबैभन्दा ठूलो परिवर्तन हुने बताएका छन् । अर्जेन्टिनामा आयोजित ‘जि २०’ सम्मेलनका क्रममा पनि प्रधानमन्त्री मेले सरकार समर्थित ‘माइग्रेसन एडभाइजरी कमिटी’ तलबको थ्रेसहोल्ड राख्न जरुरी भएकोबारे स्पष्ट भएको बताएकी थिइन् ।
गत महिना सार्वजनिक अफिस फर नेशनल स्टयाटिसटिक्सको तथ्यांक अनुसार युरोपबाट बेलायत आउने खुद आप्रवासन संख्या ६ वर्षयताकै न्यून भएको छ । यो वर्षको जुन महिनासम्म इयूबाट ७४ हजार आप्रवासी बेलायत प्रवेश गरेका थिए, जुन दुईवर्ष अघि २०१६ जुनमा भन्दा ६० प्रतिशतले कमी हो । सन् २०१२ मा यो संख्या एक लाख ८९ हजार थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा