लण्डन । पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्ने पहिचान पुरस्कारका लागि सातवटा कृति छनौट भएका छन् ।
पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, स्वाप्निल स्मृतिको ‘बाडुली र सुदुर सम्झना’, सरस्वती प्रतीक्षाको ‘नथिया’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, नबिन जिरेलको ‘भीषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राइको ‘फोकल्यान्ड जर्नल’ रहेका छन् ।
लेखनको माध्यमबाट पहिचान मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धी लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्न सो पुरस्कारको स्थापना भएको हो । पुरस्कारको राशी २ लाख २ हजार २ रुपियाँ छ ।
यसअघि उक्त पुरस्कारबाट राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ पुरस्कृत भएका छन् । नेपाली साहित्यलाई सम्बृद्ध बनाउन, पहिचानसम्बन्धी अनुसन्धान र लेखनलाई सक्रिय बनाउन, पुरानो मनोविज्ञान भत्काई नयाँ बहुल समाज निर्माण गर्न पुरस्कार स्थापना गरिएको संस्थापक काङमाङ बताउँछन् ।
पुरस्कारको राशी हरेक पाँच वर्षमा वृद्धि गरिने पनि कोषले जनाएको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने