लण्डन । पहिचान पुरस्कार कोषले हरेक वर्ष प्रदान गर्ने पहिचान पुरस्कारका लागि सातवटा कृति छनौट भएका छन् ।
पुरस्कारका संस्थापक नरेश काङमाङ राईका अनुसार छनौट भएका कृतिहरुमा उन्मुक्त पुस्ताको ‘आफर’, स्वाप्निल स्मृतिको ‘बाडुली र सुदुर सम्झना’, सरस्वती प्रतीक्षाको ‘नथिया’, सरिता तिवारीको ‘प्रश्नहरुको कारखाना’, नबिन जिरेलको ‘भीषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राइको ‘फोकल्यान्ड जर्नल’ रहेका छन् ।
लेखनको माध्यमबाट पहिचान मुद्दालाई जीवन्तता दिन नेपाली साहित्य, संस्कृति र कलामा पहिचानसम्बन्धी लेखिएका पुस्तकलाई सम्मान र पुरस्कृत गर्न सो पुरस्कारको स्थापना भएको हो । पुरस्कारको राशी २ लाख २ हजार २ रुपियाँ छ ।
यसअघि उक्त पुरस्कारबाट राजन मुकारुङको ‘फेरिँदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयाङको सुगन्ध’ र यज्ञशको ‘भुइयाँ’ पुरस्कृत भएका छन् । नेपाली साहित्यलाई सम्बृद्ध बनाउन, पहिचानसम्बन्धी अनुसन्धान र लेखनलाई सक्रिय बनाउन, पुरानो मनोविज्ञान भत्काई नयाँ बहुल समाज निर्माण गर्न पुरस्कार स्थापना गरिएको संस्थापक काङमाङ बताउँछन् ।
पुरस्कारको राशी हरेक पाँच वर्षमा वृद्धि गरिने पनि कोषले जनाएको छ ।
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा