लन्डन । लन्डनस्थित एकजना समाजसेवी तथा एनआरएन अभियन्ता कृष्ण तिमिल्सेनाले धादिङको विद्यालय पुनर्निर्माणमा १३ लाख ६० हजार रुपैयां प्रदान गरेका छन् ।
तिमिल्सिनाले धादिङ निलकण्ठ नगरपालिका- १४ धुंवाकोटको सरस्वती माध्यमिक विद्यालय पुनर्निर्माणका लागि उक्त सहयोग गरेका हुन् ।
भूकम्पले विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएपछि विद्यार्थी चौरमा पढ्न वाध्य थिए । केही समय अघि एक कार्यक्रमबीच चेक हस्तान्तरण भएपछि विद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले तिमिल्सेनाको सहयोगप्रति आभार व्यक्त गर्दै वालवालिकाको सुन्दर भविष्यमा नयां आशा थपिएको बताए ।
तिमिल्सेनाले आफूले क, ख सिकेको विद्यालयलाई त्यति रकम सहयोग गर्न पाउंदा गर्व लागेको बताए । उनले भूकम्पका बेला निलकण्ठ नगरपालिका- १४ मै अवस्थित तमैरातमाटे मावि, रातमाटेका लागि ३ लाख रुपैयां प्रदान गरेका थिए । उनले यस बाहेक पनि नेपालमा वृद्धाश्रम, मन्दिर निर्माण देखि अन्य विभिन्न मानवीय कार्यमा कयौँ पटक सहयोग गरेका थिए ।
करिब डेढ दशकदेखि लन्डन बस्दै आएका तिमिल्सेना नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष, एनआरएनए यूके पूर्व उपाध्यक्ष तथा एनआरएनए आइसीसी पूर्व सदस्य हुन् । हाल
उनी एनआरएनए केन्द्रको ट्रेड इन्भेस्टमेन्ट प्रमोसन र पोलिसी एन्ड प्रोसिडुर्स टास्क फोर्समा छन् ।
सेफ पृष्ठभूमिबाट करियर् सुरु गरेका उनी क्रियाशिल नभएको क्षेत्र केही छैन् । एक दसक देखि क्रिस फुडका प्रवन्ध निर्देशक रहेका तिमिल्सेनाले बेलायतका प्रायः च्यारिटी कार्यक्रममा सहयोगका हात फैलाउंदै आएका छन् । उनको नेपालमा हाइड्रो, माइक्रो फाइनान्स, प्रोपर्टी, बैंकिङ आदि क्षेत्रमा लगानी पनि छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार