लन्डन । बेलायतको व्यस्त र व्यवस्थित जीवन । त्यसमाथि आफ्नै कामको चटारो । तैपनि मनोरन्जनप्रतिको आकर्षण । त्यो आकषर्णका केन्द्र थिए हाँस्य कलाकार शैलेन्द्र सिंखडा ।
सामाजिक र राजनीतिक विकृति माथिको व्यंग्यात्मक प्रस्तुति एकैसाथ सुन्न तथा मन खोलेर हाँस्न आइतबार ह्यारो फुटवल क्लवमा जम्मा भए नेपाली । काम र व्यवसायमा व्यस्त भएर नीजि जीवनमा हास्न बिर्सन लागेका बेलायती नेपालीलाई कलाकार सिंखडाले मनबाटै हसाए ।
नेप्लिज व्रिटिश कम्यूनिटी यूकेले दशै शुभकामना साँझ २०७५ आयोजना गरेर यो अवसर प्रदान गरेको थियो ।
बेलायत भ्रमणमा आएका हास्य कलाकार शैलेन्द्र सिंखडाको प्रस्तुतिले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो । नेपाली राजनीति विकृति तथा बेलायतमा नेपाली संघसस्थाका विकृतिलाई एकै साथ उजागर गर्न भ्याए सिंखडाले ।
बिषय बस्तुमा गहिरो अध्ययनपछि गरिने व्यंग्यले उपस्थित दर्शकको मन छोयो । सहभागीहरु मन खोलेर पेट मिचिमिचि हाँसे । खादा र लामा भाषणमा अल्झिने कार्यक्रमबाट वाक्क भएका बेलायतवासी नेपालीले यो कार्यक्रमबाट छुट्टै आनन्द लिए ।
नेपालको राजनीतिक, सामाजिक पारिवारिक र कला क्षेत्रका विकृति सम्मलाई हास्यव्यंग्यमार्फत कलाकार सिंखडाले उजागर गरे । कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित बेलायतस्थित नेपाली राजदूत डा. दुर्गावहादुर सुवेदीलाई समेत व्यंग गर्न सिंखडाले भ्याए ।
बेलायत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन मन्त्री शक्ति बस्नेतलाई विदाई गर्न हिथ्रो पुगेका राजदूत सुवेदी निर्धारित समयभन्दा डेढ घण्टा ढिलो कार्यक्रममा उपस्थित भएका थिए, त्यसमाथि पनि सिंखडाले व्यंग्य गर्न पछि परेनन् ।दूतावासमा हुने गरेको अव्यवस्थित कार्यक्रमदेखि खाना खान करीव एक घण्टा लाइन बस्नु पर्ने बाध्यतालाई कलाकार सिंखडाले व्यंग्यद्वारा उजागर गरे ।
सिंखडाले करीव एक घण्टा लामो प्रस्तुतिमा गैरआवासीय नेपाली संघ यूकेका कार्यक्रममा हुने गरेको खादा संस्कार र लामो भाषण अनि सल्लाहकार नियुक्तीलाई समेत व्यंग्य गर्न छुटाएनन् ।
कार्यक्रम संचालक रहेका एनविसी यूकेका सचिव चुडामणि रेग्मीले केही नाम उच्चारणमा भएको मानविय त्रुटीलाई समेत सिंखडाले प्रहार गरे ।
प्रमुख अतिथि राजदूत सुवेदीले सिंखडाको प्रस्तुतीको खुलेरै प्रसंसा गरे । डा सुवेदीले हास्य व्यग्यको क्षेत्रमा सिंखडाले लिएको उचाईको सामु एउटा राजदूत सामान्य भएको समेत बताउन भ्याए ।
यसैवीच, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले
एनविसी यूकेले दशैको अवसरमा गरेको कार्यक्रमले सस्कृति संरक्षण सहयोग पुगेको बताए । उनले यस्ता कार्यक्रमले हाम्रो संस्कृति बेलायतमा पनि पुस्तान्तरण हुने विश्वास लिए ।
ह्यारो काउन्सिलका काउन्सिलर ग्राहम हेन्सनले कार्यक्रममा शुभकामना दिए । रिमा भण्डारीको गीतबाट अघि बढाइएको दशैं कार्यक्रममा एनविसी यूकेका बसन्त नेपालले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै, पूर्व अध्यक्ष कमल खनालले इण्डोनेसियाको भुकम्प पीडितलाई एक हजार पाउण्ड सहयोग गरेको जानकारी गराए ।
हास्यकलाकार सिंखडाको प्रस्तुति अघि सिर्जना कोइराला, रश्मिता दर्लामी र प्रतिष्ठा त्रिपाठीले नृत्य प्रस्तुत गरेका थिए । संस्थामा आवद्ध रहेका परिवारबाट जीसिएसई र ए लेभल पास गर्ने वावु नानीहरु, नृत्य कालाकारहरु, कार्यक्रम सौजन्यकर्ताहरु र हास्य कलाकार सिंखडालाई कदर पत्र प्रदान गरिएको थियो ।
एनविसी यूकेका अध्यक्ष मिलन घिमिरेले समापन गर्दै दशैं शुभकामना दिए ।
 नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप