कलात्मक भैकन पनि कविताका स्रोता पाउन सजिलो छैन । त्यसैले त कविता सुन्नु परेमा यातना ठानिन्छ यदाकदा । तर शनिबार युकेको हाइ वेकोम्बमा आयोजित कार्यक्रमको माहौल भने युद्ध कविताले स्तब्ध बनायो । कविता वाचन हुँदै जाँदा दर्शकहरु कतिबेला उत्तेजित हुन्थे, कति बेला भावुक हुन्थे आँशु बगाउँदै ।
कविता सुनाउँदै थिए कवि एवं उपन्यासकार गणेश राई । युद्ध साहित्य सिद्धान्तका परिकल्पनाकार समेत रहेका पूर्व गोरखा सैनिक राईले कार्यक्रममा सुनाए आधादर्जन युद्ध कविता र त्यति नै संख्यामा अरु कविता ।
कविता सुनेपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बीबीसी नेपाली सेवाका पूर्व प्रमुख एवं नेपाली सुन्ने साहित्यका प्रणेता खगेन्द्र नेपालीले भने, ‘कविता सुनेपछि म स्क्रिप्ट हराएको रेडियो प्रस्तोता जस्तो निःशब्द बनेँ ।’
खोटाङमा जन्मी हाल पूर्वी लण्डनमा बसोबास गर्ने राईका छ वटा पुस्तक प्रकाशित छन् । विद्यालय पढ्दाबाट साहित्यमा आकर्षित भएका राई जे पायो त्यही विषयमा कविता लेख्दिनँ भन्छन् । ‘म फूलको कविता लेख्दिनँ, हिमालको, पहाडको, नदीको कविता लेख्दिनँ’, उनले थपे, ‘म मात्र लेख्छु जीवनको कविता ।’
तीन चरणमा विभाजन गरिएको कार्यक्रम आयोजना नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले गरेको थियो । अभिव्यक्ति श्रृंखला नाम दिइएको सो कार्यक्रममा राईले शुरुमा युद्धसाहित्यको अर्थ र इतिहास बुझाए अनि शुरु गरे कविताको वर्षा ।
प्रतिष्ठानका उपाध्यक्ष टंक वनेमको अध्यक्षतामा भएको कार्यक्रमको प्रारम्भिक सत्र महासचिव मिजास तेम्बेले संचालन गरेका थिए । सो अवसरमा प्रतिष्ठानका नयाँ आजिवन सदस्यहरु जानु काम्बांग लिङदेन, भावना परिस्कृत सुनुवार, अग्निप्रसाद लिम्बु, दीपक लिम्बु र उमाकान्त गुरुङलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रतिष्ठानका पूर्व अध्यक्ष दयाकृष्ण राईले स्वागत मन्तब्य दिएको कार्यक्रममा अर्का पूर्व अध्यक्ष एवं संरक्षक रक्ष राईले कार्यक्रममा वाचन गरिएका कविताको समीक्षा गरेका थिए ।
कार्यक्रमको तेस्रो चरणमा उपस्थित स्रष्टाहरु चोक गुरुङ, डा. रुपक श्रेष्ठ, भावना परिष्कृत सुनुवार, भगवान चाम्लिङ, सेमन्त राई, जानु काम्बांग लिङदेन आदिले कविता, मुक्तक, गीत सुनाएका थिए ।
कार्यक्रममा नेपालबाट आएका साहित्यकार मदन लामाखुलेले बेलायतका केही साहित्यकारहरुको लेखनको समीक्षा गर्दै विगतमा दार्जिलिङबाट झैँ भविष्यमा बेलायतबाट पनि नेपाली साहित्यमा आयाम थपिनेमा आशा व्यक्त गरे ।
दोस्रो चरणको कार्यक्रमको संचालन कोषाध्यक्ष देबेन्द्र खेरेस र तेस्रो चरणको कार्यक्रम सहसचिव अञ्जु अञ्जलीले संचालन गरेकी थिइन् ।
प्रतिष्ठानले विगत ११ वर्षदेखि अभिव्यक्ति श्रृंखला नामक एकल कार्यक्रम गर्दै आएको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न