लन्डन । अल्डरसटमा नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको ककटेल बार ट्रुथले स्थानीय अल्डरसट टाउन फुटबल क्लबसंग सामिप्यता बढाएको छ । ट्रथले हालैमात्र उक्त फुटबल क्लबसंग सन् २०१८-०१९ सिजनका लागि अफिसियल स्पोन्सरको घोषणा गर्दै सम्वन्ध अभिवृद्धि गरेको हो ।
क्लबको सिजन टिकट लिनेहरुलाई ट्रुथले आफ्नो ककटेलबारमा दश प्रतिशत डिस्काउन्ट दिने जनाएको छ । ‘स्थानीय युवाहरुसंग निकटता र नेपाली ब्रिटिश समुदायबीच समायोजनमा समेत यसले सघाउने हाम्रो विश्वास छ’- ट्रुथका एकजना सञ्चालक दिनेश श्रेष्ठले बताए ।
आफूले स्पोन्सर गरेको टिम मंगोलियन भान्जाले गोर्खा कप ०१८ उपाधि जितेपछि उत्साहित उक्त बारले अल्डरसट टाउन फुटबल क्लबसंगको सहकार्यमा नेपाली खेलाडीलाई समेत लाभ हुने खालका गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
करिब तीन महिना अघि गत जुन ८ देखि सञ्चालनमा आएको ‘ट्रुथ’ विभिन्न किसिमका ककटेल ड्रिंक्सका लागि प्रख्यात छ । अब केही समयमै खाना समेत उपलव्ध गराउने तयारी भइरहेको श्रेष्ठले जनाए ।
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
श्रम संस्कृति पार्टीबाट भूपू ब्रिटिस सैनिकसहित ४ समानुपातिक सांसद
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो