लन्डन । व्यस्त दैनिकी छिचोलेर साहित्यिक गतिविधि त्यति धेरै हुन्न डायस्पोरामा । सर्जक थोरै, समय थोरै । कविता, गजल वाचन वा अन्य गतिविधि भएपनि केवल औपचारिकतामा सकिन्छ । तर, सप्ताहन्त लन्डनमा एउटा गजल सांझ भयो जसमा पैसा तिरेर साहित्यानुरागी गजल सुन्न जम्मा भए ।
एनआरएनए यूके भाषा साहित्य विभागद्वारा मोती जयन्तीका अवसरमा आयोजित उक्त समारोहमा प्रमुख आकर्षण थिए सुविख्यात गजलकार रवि प्रान्जल र गजल गायक राज सिग्देल । स्थानीय श्रष्टाहरुले पनि साथ दिए नेपालका अतिथी सर्जकलाई । उक्त सांझमा नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान दिने राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन समेत अर्पण गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले गजल कविताको गाजल हो भन्ने वरिष्ठ साहित्यकार जगदीश शम्शेर राणाको भनाइ स्मरण गरे । समसामयिक नेपाली गजल नामक पुस्तकको सम्पादन समेत गरेका राजदूत सुवेदीले नेपालमा गजलको विकासक्रमलाई तीन कालमा विभाजन गर्न सकिने बताए । जसअनुसार प्राथमिक काल (विस १९४० देखि ९२), माध्यमिक काल (१९९३ देखि २०३५) र आधुनिक काल (२०३६ देखि हालसम्म) ।
राजदूत सुवेदीले प्राथमिक कालमा मोतीराम भट्ट, मोती मण्डलीका सदस्यहरुले नेपाली साहित्यमा श्रृंगारिक धाराको आविर्भाव गरेको बताए । त्यस्तै माध्यमिक कालमा भीमनिधि तिवारी, उपेन्द्र बहादुर जिगर जस्ता सर्जकहरुले गजल रचना गरेको र आधुनिक कालमा ज्ञानुवाकर पौडेल, कृष्णहरि बराल, रवि प्रान्जल, मनु ब्राजाकी, बियोगी बुढाथोकी, ललिजन रावल जस्ता कवि तथा गजलकारहरुले नेपाली गजल जगतलाई समृद्ध तुल्याएको बताए ।
कार्यक्रममा वरिष्ठ गजलकार रवि प्रान्जलले आफ्ना दर्जन हाराहारी रचना सुनाएर मन्त्रमुग्ध पारे भने चर्चित गजल गायक राज सिग्देलले आफ्ना र अन्य गजलकारका गजल गाएर सुनाए । उनले ‘उ जितेर गइ या हारेर…’, ‘च्वास्स बिझ्ने तिम्रो माया…’, ‘नजर दामी हजुरको’ जस्ता नेपाली र हिन्दी गजल सुनाएर माहोल तताएका थिए । लन्डनमै बस्ने गायिका शर्मिला बर्देवा र गायक प्रमोदराज न्यौपानेले पनि गाए ।
कार्यक्रममा बेलायतका स्थानीय गजलकारहरु रेखा खरेल, सन्जीता देउजा, डा. रुपक श्रेष्ठ, शशी थापा सुब्बा, सुमलकुमार गुरुङ, दुर्गाप्रसाद पोखरेल, विदेहमणि उपाध्याय, नृपेश उप्रेती लगायतले पनि आफ्ना प्रतिनिधि गजलहरु सुनाए ।
कार्यक्रम संयोजक कृष्ण भट्टको सभापतित्वमा भएको गजल सांझ सञ्चालन एनआरएनए यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउंलेले गरेका थिए ।
कार्यक्रम निर्धारित समयमै शुरु गर्ने आयोजकको जिकिर भने यसमा पनि विफल भयो । गजलकार करुण थापाको भिजा अस्वीकृत भएको खबर आयोजकले अन्तिमसम्म गुपचुप राखेपछि कतिपय सहभागी खिन्न देखिन्थे ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे