
लन्डन । बेजिङस्टोक नेप्लिज कम्युनिटी (बीएनसी) ले गत आइतबार कार्निभल हलमा तीजको दर खाने कार्यक्रम गरेको छ । विभिन्न उमेर समूहका १७५ जना दिदीबहिनी सहभागी उक्त कार्यक्रम सांझ ६ देखि राती ११ बजेसम्म धुमधामसंग चल्यो ।
समाजकै स्थानीय डिजे सन्तोष गुरुङको बेजोड तीज गीत लगायत अन्य नेपाली र हिन्दी गीतहरुमा दिदीबहिनीले भरपुर मनोरन्जन लिए । सो अलावा यसपटक सहभागीले नेपालबाट आएकी ख्यातिप्राप्त लोकदोहोरी गायिका कल्पना श्रीपालको प्रत्यक्ष गायनबाट पनि थप मनोरन्जन लिए ।
बीएनसीले हरेक वर्षको तीजबाट संकलित रकम नेपालमा कुनै संघसंस्थालाई प्रदान गर्ने गरेपनि यसपटक खर्च कटाएर बांकी रकम आफ्नै लेडिज फन्डमा राख्ने निर्णय गरेको छ ।
संस्थाले गत वर्ष राधा फाउन्डेशन (संस्थापक अध्यक्ष राधा पौडेल) र तनहुंमा मन्दिर निर्माणार्थ रकम पठाएको थियो भने सन् २०१६ मा धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गरेको थियो । त्यसैगरि, झमककुमारी घिमिरे, रक्षा नेपाल, विद्यालय निर्माणदेखि मुगु लगायत ठाउंमा दैवी प्रकोपका बेला पनि संस्थाले सहयोग गरिसकेको छ । सुधा गुरुङका अनुसार, बीएनसी मुख्य कमिटी, लेडिज केमिटी, बीएनसी युथ र एभरग्रीन ग्रुप बेजिङस्टोकले विभिन्न च्यारिटी गरि हालसम्म एक करोड रुपैयांभन्दा बढि रकम नेपाल पठाइसकेका छन् ।
कार्यक्रम तयारी र अन्तिमसम्म बीएनसी अध्यक्ष ओम गुरुङ, पूर्व अध्यक्ष पञ्चबीर राई, वसन्त घोताने, पान्डव सुनुवार, नर लिम्बु, रामकुमार दुमी, बल थापा, सोम चाम्स, बीएनसी युथ टिमका सौगात गुरुङ, कृश श्रेष्ठ र सुवास पुन लगायतले सहयोग गरेका थिए ।
उक्त कार्यक्रम संयोजन र सञ्चालन सुधा गुरुङले गरेकी थिइन् भने ‘राफल ड्र’ सञ्चालन पुनम गुरुङको जिम्मामा थियो ।
तीज सफल बनाउन बीएनसी लेडिज टिमका सकृय सदस्यहरु कृष्णा राई, तारा राई, मिठु गुरुङ, मन राई, चित्रा थापा, सुशिला गुरुङ, सुधा गुरुङ, पुनम गुरुङ, चन्द्र गुरुङ, इन्द्र गुरुङ र इन्द्र लिम्बुले महत्वपूर्ण भूमिका निर्वाह गरे ।
कार्यक्रमको मध्यमा गरिएको राफल ड्र पुरस्कारहरु गोर्खा किचनका प्रोप्रराइटर भिम गुरुङ, तृष्णा राई, इन्द्र (उर्मिला) गुरुङ, सुशिला गुरुङ, चित्रा थापा, पुनम गुरुङ, चन्द्र गुरुङ, इन्द्र (उमा) गुरुङ, तारा राई र सरला शाहीले प्रायोजन गरेका थिए ।
कार्यक्रममा पानी र पेय पदार्थ क्याप्टेन भक्त लिम्बु र श्रीमति इन्द्र, गोर्खा ग्रोसरीका प्रवन्ध निर्देशक बल थापा एवं बीएनसीका अध्यक्ष ओम गुरुङले उपलव्ध गराएका थिए । क्याटरिङको जिम्मा गोर्खा किचनलाई दिइएको थियो भने सेलरोटी, अचार, खीर जस्ता ‘कम्लीमेन्ट्री स्न्याक्स’ आयोजक टिमकै सदस्यले बनाएका थिए ।
सन् २००६ मा स्थापित बेजिङस्टोक नेप्लिज कम्युनिटीमा हजार भन्दा बढी विविध जातजातीका नेपाली अटाएका छन् जसमा अधिकांश बेलायती सेनाबाट अवकास प्राप्त सैनिक र तिनका परिवार छन् भने हङकङ र नेपालबाट आएका नेपालीको जमात पनि ठूलै छ ।
संस्थाले आफ्नो भाषा, कला संस्कृति जगेर्नाका लागि दशैं तिहार, नेपाली नयां वर्ष, तीज जस्ता मुख्य पर्व मनाउंदै आएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे