लण्डन । बेलायतको भ्रमण सकेर रुस पुगेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मस्कोमा आठ दिने ध्यान शिविर सन्चालन गरिरहनुभएको छ।
आफ्ना सहयोगी स्वामी आनन्द अर्हतसंगै स्वामी अरुणले मस्कोस्थित एउटा बौद्ध बिहार नर्थ कुन्सांगार जोख्छेन सेन्टरमा ध्यान शिविर सन्चालन गरिरहनुभएको छ।
शिविरमा ७५ जना साधकहरु सहभागी भैरहेको स्वामी अर्हतले बताउनुभयो।
गत महिना आफ्नो बेलायत बसाइका क्रममा स्वामी अरुणले बर्मिङघम नजीकै बस्वर्थमा तीन दिने ध्यान शिविर सन्चालन गर्नुभएको थियो।
त्यस्तै उहाँले गत अगष्ट २९ तारिखकादिन लण्डन साउथहलस्थित श्री राम मन्दिरमा “आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने” भन्ने विषयमा प्रवचनदिनुभएको थियो। उहाँले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्र तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा एक दिवसीय ध्यान शिविरहरु पनि सन्चालन गर्नुभएको थियो।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने