लण्डन । बेलायतको भ्रमण सकेर रुस पुगेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मस्कोमा आठ दिने ध्यान शिविर सन्चालन गरिरहनुभएको छ।
आफ्ना सहयोगी स्वामी आनन्द अर्हतसंगै स्वामी अरुणले मस्कोस्थित एउटा बौद्ध बिहार नर्थ कुन्सांगार जोख्छेन सेन्टरमा ध्यान शिविर सन्चालन गरिरहनुभएको छ।
शिविरमा ७५ जना साधकहरु सहभागी भैरहेको स्वामी अर्हतले बताउनुभयो।
गत महिना आफ्नो बेलायत बसाइका क्रममा स्वामी अरुणले बर्मिङघम नजीकै बस्वर्थमा तीन दिने ध्यान शिविर सन्चालन गर्नुभएको थियो।
त्यस्तै उहाँले गत अगष्ट २९ तारिखकादिन लण्डन साउथहलस्थित श्री राम मन्दिरमा “आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने” भन्ने विषयमा प्रवचनदिनुभएको थियो। उहाँले ह्याम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्र तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा एक दिवसीय ध्यान शिविरहरु पनि सन्चालन गर्नुभएको थियो।
संसारका बीसभन्दा बढी मुलुकहरुमा ध्यान शिविरहरु सन्चालन गरीसक्नुभएका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउँदै आउनुभएको छ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे