लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टर, अल्डरसटले आइतबार २ सेप्टेम्बरका दिन एक कार्यक्रमबीच कृष्ण जन्माष्टमी मनाएको छ । कार्यक्रममा श्री कृष्ण महिमा र अन्य धार्मिक तथा सांस्कृतिक पक्षबारे चर्चा गरियो ।
अल्डरसट, फार्नबोरो, क्याम्बर्ली, फ्लीट, बेजिन्स्टोक, हुक लगायत क्षेत्रबाट आएका भक्तजनहरुको उल्लेख्य उपस्थितिमा शिव मन्दिरमा गणेश स्तुति, भजन र भक्ति सम्बाद, आरती एवं प्रसाद वितरण गरिएको थियो । फार्नबोरोका भक्तजनहरुले विशेष पूजाका साथै प्रसाद र प्रवचन व्यवस्था गरेका थिए ।
श्रीमती मिङमा तामाङले धर्म र श्री कृष्ण जन्माष्टमीको महत्वबारे प्रकाश पार्दै भारतीय एवं अंग्रेज भक्तजनहरुका लागि बीचमा अनुवाद पनि गरेकी थिइन् ।
समाजसेवीहरु विक्रम भट्टराई, पूर्व डिएसपी बाचस्पति रेग्मी, भरत श्रेष्ठ, इन्द्र शर्मा, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, एसियन महिला एसोसिएसनकी अध्यक्ष अमिता बेल्बासे, शिव कल्चरका ट्रष्टी ओम थापा, फार्नबोरो साइ अर्गनाइजेसनकी अध्यक्ष श्रीमती सुष्मा गुरुङ, कुल गुरुङ (बा साई राम), शारदा गुरुङ, हेमा, ममता गुरुङ, दीपा, श्रीमती कल्पना मोथे लगायतले भजन र आरतीमा पूर्ण सहयोग गरि कार्यक्रम चलाएका थिए ।
शिव कल्चरल कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद दिंदै आगामी सेप्टेम्बर ९ तारिख आइतबार बिहान ठीक ११ बजे मन्दिर भवन निर्माणार्थ बस्ने बैठक र फन्ड रेजका निम्ति सबै ट्रष्टी, कार्यकारी सदस्य, सल्लाहकार, सदस्यहरु र शुभ चिन्तकलाई शिव मन्दिरमा आइदिन निमन्त्रणा गरेका छन् । अध्यक्ष गुरुङले उक्त कार्यक्रममा नेपालबाट आएकी माताजी विदुषी सपना श्रेष्ठ, कृष्ण प्रणायम भागवत वाचिकाले प्रवचन दिने भएकाले सहभागिता जनाउन अनुरोध पनि गरे ।
सेन्टरका महासचिव विक्रम भट्टराईले नेपाली नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा सेप्टेम्बर १२ तारिख बुधबार शिव मन्दिर (एम्पायर हलको उपल्लो तला) मा पूजा तय गरिएको जनाउंदै उपस्थितिका लागि अपिल गरे ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन