लन्डन । बेलायत भ्रमणमा रहेका काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउन अभियान थालेका छन् । बेलायतको दश दिने बसाइ सकेर रुस प्रस्थान गर्नुअघि स्वामी अरुणले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा मनाउन आफूले नेपाल सरकारलाई आग्रह गरेको र यसबारे छिट्टै निर्णय हुने अपेक्षा रहेको बताए । यसले अन्तर्राष्ट्रिय समुदायमा नेपालको इज्जत बढ्ने स्वामी आनन्द अरुणको विश्वास छ ।
स्वामी अरुणले भारत सरकारको अनुरोधमा संयुक्त राष्ट्रसंघले जुन २१ तारिखलाई विश्व योग दिवसको रुपमा मनाउन थालेजस्तै नेपाल सरकारले पनि बुद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव राष्ट्र संघमा लैजान अपील गर्दै आएका छन् ।
स्वामी अरुणले विश्व ध्यान दिवस मनाउन थाले पछि गौतम बुद्ध नेपालमा जन्मिएको भन्ने सन्देश स्वत संसारभरि फैलने र ‘बुद्ध वाज बर्न इन नेपाल’ भन्ने अभियान आवश्यक नपर्ने पनि बताए ।
यसै वर्ष बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीको महेलवारमा अवस्थित ओशो जेतवन अन्तर्राष्ट्रिय कम्युनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध पूर्णिमालाई ध्यान दिवसको रुपमा मनाउने प्रस्तावप्रति सरकार सकारात्मक रहेको र यसबारे छिट्टै निर्णय लिइने बताएका थिए । तर, सरकारले अझै कुनै निर्णय लिइसकेको छैन् ।
तर, सोही समारोहलाई सम्बोधन गर्दै ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले ५ नं प्रदेशमा आउंदो बुद्ध पू्र्णिमा देखि ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य संगठनले अनुसार सन् २०३० सम्ममा मनोरोग विश्वभरि मानिसहरुको मृत्युको एक प्रमुख कारण हुने जनाएको बताउंदै स्वामी अरुणले शरीरकालागि योग र मनकालागि ध्यान सबैभन्दा उपयुक्त रहेको जिकिर गरे ।
आफ्ना सहयोगीहरु स्वामी आनन्द अर्हत तथा स्वामी आत्मो नीरवसंग युके आइपुगेका स्वामी अरुणले आफ्नो बेलायत बसाइका क्रममा विगत वर्षहरुजस्तै यो वर्ष पनि स्वामी अरुणले बर्मिङघम नजिकै बस्वर्थमा तीन दिने ध्यान शिविर सन्चालन गरेका थिए ।
त्यस्तै उनले गत अगष्ट २९ तारिखकादिन लण्डन साउथहलस्थित श्री राम मन्दिरमा ‘आध्यात्मिक र भौतिकरुपमा कसरी सुखी बन्ने’ भन्ने विषयमा प्रवचन दिएका थिए । उनले हयाम्पस्टेडस्थित ओशो समर्पण ध्यान केन्द्र तथा डार्टफोर्ड स्थित ओशो आनन्दबोधी ध्यानकेन्द्रमा एक दिवसीय ध्यान शिविरहरु पनि सञ्चालन गरेका थिए ।
स्वामी अरुणले मस्कोमा पनि ८ दिने ध्यान शिविर सञ्चालन गर्ने उनका सहयोगी स्वामी आनन्द अर्हतले बताए । संसारका २० भन्दा बढी मुलुकमा ध्यान शिविर सञ्चालन गरिसकेका स्वामी अरुणले स्वस्थ र सन्तुलित जीवनकालागि ध्यान अपरिहार्य रहेको बताउंदै आएका छन् ।
तस्विर- शिव भण्डारी
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा