लन्डन । विगत १५ वर्ष देखि बेलायत बस्दै आएका इन्जिनियर रामहरि पौड्यालको २१ वटा कथाहरुको संग्रह ‘ब्रिटिश ओइदर’ सार्वजनिक भएको छ । पौड्यालको उक्त पहिलो कृति शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
शब्दार्थ प्रकाशनले काठमाडौंमा आयोजना गरेको श्रष्टा सम्मान र विद्या केन्द्रित साहित्यिक पत्रिका ‘बैजयन्ती’ को १४ औं वार्षिकी कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । पौड्यालका यसअघि गरिमा, मधुपर्क, समकालीन साहित्य, रचना, अभिव्यक्ति, मनोभाव, समस्टी, मिर्मिरे, शारदा, तन्नेरी, बगर आदि राष्ट्रिय पत्रिकामा चार दर्जन कथा प्रकाशित भइसकेका छन् ।
पौड्याल हाल बेलायतको स्वान्जी युनिभर्सिटीमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा पिएचडी अध्यनरत छन् ।
उनका उर्जासम्बन्धि कयौं लेख पनि प्रकाशित छन् । नेपालको उर्जा संकटमा नवीकरणीय उर्जा, उर्जाको वचत, उर्जाको दक्षता वृद्धि आदिबारेमा अनुसन्धानरत उनका आर्टिकलहरु काठमाडौं पोस्ट, नागरिक, नेपाल विद्युत प्राधिकरणको जर्नल ‘विद्युत’, वी नेपाली डट कम आदिमा प्रकाशित भएका छन् ।
कविता, नियात्रा समेत लेख्ने उनले नेपाल इन्जिनियर समाज यूके, इलेक्ट्रिकल इन्जिनियरिङ कांग्रेसको अन्तर्राष्ट्रिय सम्मेलन, ब्रिटिश नेपाल एकेडेमिक काउन्सिल आदिमा आफ्नो सोधका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे