लन्डन । विगत १५ वर्ष देखि बेलायत बस्दै आएका इन्जिनियर रामहरि पौड्यालको २१ वटा कथाहरुको संग्रह ‘ब्रिटिश ओइदर’ सार्वजनिक भएको छ । पौड्यालको उक्त पहिलो कृति शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
शब्दार्थ प्रकाशनले काठमाडौंमा आयोजना गरेको श्रष्टा सम्मान र विद्या केन्द्रित साहित्यिक पत्रिका ‘बैजयन्ती’ को १४ औं वार्षिकी कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो । पौड्यालका यसअघि गरिमा, मधुपर्क, समकालीन साहित्य, रचना, अभिव्यक्ति, मनोभाव, समस्टी, मिर्मिरे, शारदा, तन्नेरी, बगर आदि राष्ट्रिय पत्रिकामा चार दर्जन कथा प्रकाशित भइसकेका छन् ।
पौड्याल हाल बेलायतको स्वान्जी युनिभर्सिटीमा इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा पिएचडी अध्यनरत छन् ।
उनका उर्जासम्बन्धि कयौं लेख पनि प्रकाशित छन् । नेपालको उर्जा संकटमा नवीकरणीय उर्जा, उर्जाको वचत, उर्जाको दक्षता वृद्धि आदिबारेमा अनुसन्धानरत उनका आर्टिकलहरु काठमाडौं पोस्ट, नागरिक, नेपाल विद्युत प्राधिकरणको जर्नल ‘विद्युत’, वी नेपाली डट कम आदिमा प्रकाशित भएका छन् ।
कविता, नियात्रा समेत लेख्ने उनले नेपाल इन्जिनियर समाज यूके, इलेक्ट्रिकल इन्जिनियरिङ कांग्रेसको अन्तर्राष्ट्रिय सम्मेलन, ब्रिटिश नेपाल एकेडेमिक काउन्सिल आदिमा आफ्नो सोधका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक