बेलायतमा नेपाली फिल्म अवार्डस कार्यक्रम तय


लन्डन । पछिल्ला वर्ष नेपाली मुभी क्षेत्रमा अवार्ड वितरणको क्रम आकाशिएको छ । तर, तीतो यथार्थ अवार्ड वितरण कार्यक्रम सोचे जस्तो निष्पक्ष र विवादरहित हुन सकेका छैनन् । तर, त्यस्ता परम्परागत शैलीको अवार्ड वितरण भन्दा विल्कुल फरक ढंगले बेलायतमा अवार्ड वितरण कार्यक्रम गरिने दावी एउटा संस्थाले गरेको छ ।

‘हयाब अ मोमेन्ट’ को सिस्टर कम्पनी ‘हयाब नाउ युके’ ले नेपाल चलचित्र विकास कम्पनी (एनएफडिसी) को सहकार्यमा इन्फा अवार्ड २०१९ गर्ने भएको हो । आगामी जनवरी २० तारिख, २०१९ मा प्रिन्सेस हल अल्डरसटमा अवार्ड कार्यक्रम तय भएको दि इन्टरनेशनल नेपलिज फिल्म एकेडेमी (इन्फा) का सिइओ एवं संस्थापक नवीन गुरुङले जनाए । जनवरी २०१८ देखि डिसेम्बर २०१८ सम्म रिलिज भएका चलचित्रमध्येबाट अवार्डका लागि छानिने आयोजकको सोच छ ।

इन्फा सिइओ गुरुङ तथा एनएफडिसीका तर्फबाट मनोजराज भण्डारी र निरक पौडेलले अवार्ड कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हुने दावी गरेका छन् । अभिनय तथा प्राविधिक दक्षताको मुल्यांकन गरि ‘पपुलर अवार्डस’ र ‘टेक्निकल अवार्डस्’ दिइने आयोजकले जनाएको छ ।

के के मा दिइन्छ अवार्ड ?

Popular Awards:

· Movie

· Best Director

· Best Actor

· Best Actress

· Best Supporting Actor

· Best Supporting Actress

· Best Performance in a Negative Role

· Best Performance in a Comic Role

· Star Debut of the Year – Male

· Star Debut of the Year – Female

· Best Music Director

· Best Lyricist

· Best Playback Singer Male

· Best Playback Singer Female

· Best Story

Technical Awards:

· Best Art Direction

· Best Action

· Best Background Score

· Best Cinematography

· Best Choreography

· Best Costume Design

· Best Dialogue

· Best Editing

· Best Makeup

· Best Screenplay

· Best Song Recording

· Best Sound Recording

· Best Special Effects

· IIFA Award for Best Music

प्रतिक्रिया

सम्बन्धित सामाग्री