लण्डन । लण्डनका स्थानीय काउन्सिलहरुद्वारा हरेक वर्ष आयोजना हुने लन्डन मेलामा यस वर्ष पनि नेपाली समुदाय सहभागी भएका छन् ।
यही शनिबार साउथअल पार्क लण्डनमा भएको सो मेलामा नेपाली टोलीको संयोजन नेपाली दूताबासले गरेको थियो भने नेपाली नौमती बाजालाई शुभकार्यको शुभसाइतमा प्रयोग हुने प्रतीकका रुपमा शुभारम्भमा बजाइएको थियो।
प्रथम नौमती बाजा गुल्मी युकेले नेपाली नौमती बाजा र नेपाली नृत्य देखाएको थियो ।
मेलामा नेपालीहरु परम्परागत पोशाकमा मौलिक सँस्कृतिसहित सहभागी हुँदा मेलाका सहभागीबीच फरक देखाउन सफल भएको कार्यक्रम संयोजनको जिम्मा लिएका अटैची तेजेन्द्र रेग्मीले बताए । कार्यक्रममा नेपाली समुदायको तर्फबाट नेपाल दूताबासका उपनियोग प्रमुख शरदराज आरन र सैनिक सहचारी नेपाल आर्मीका कर्नेल कुमारबाबु थापा थिए।
नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपाल भिजिट वर्ष २०२० सफल बनाउन प्रचार प्रसार गरिएको थियो ।
सहभागीहरुलाई नेपाल भिजिटको ‘ईन्फरमेशन प्याकेज’ र नेपालका आकर्षक पोस्टरहरू बाँडिएको थियो ।
नौमती बाजाका प्रमुख संयोजक ओमप्रसाद थापा काउचाले लण्डन मेलामा नेपाली नौमती बाजालाई दिइएको सम्मानका लागि आभार व्यक्त गरे ।
नौमती बाजा समूहले सन् २०१० देखि नेपाली मेलामा भाग लिँदै आएको छ।
यस वर्षको मेलामा मगर संघ युकेको तर्फबाट सबिता राना मगर र पबित्रा थापा मगरले मौलिक नेपाली कौडा नाच प्रस्तुत गरेका थिए । नेपाली दूताबासबाट मुस्कान भट्ट लगायतले अन्य नेपाली नाचहरू प्रस्तुत गरे ।
मेलामा गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष टोप पल्ली, सचिव बिर बलाल लगायत नौमती समूहका कलाकार ओम थापा, बिर बलाल, टोप पल्ली, पूर्ण बलाल, पदम गुरुङ, लाल काउचा, कुमार राना, मान गुरुङ, क्याटेन रिटायर्ड वीर गाहा थापा, ईन्द्र ढेगा मगर, होमलाल राना, जमुना राना पुन, भीमा बलाल, कुमारी गुरुङ, तारा बलाल, टीना बलाल, ओशिन थापा, बेबिका बलाल लगायत सहभागी थिए।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे