लण्डन । मोतीजयन्तीको अवसरमा लण्डनमा ‘गजलसाँझ’ हुने भएको छ । एनआरएनए, युकेको भाषा साहित्य विभागले युवा कवि एवं प्रसिद्ध गजलकार मोतीराम भट्टको संस्मरण गर्दै पहिलोपल्ट भव्य रूपमा गजलसाँझ आयोजना गर्न लागेको कार्यक्रम संयोजक कृष्ण भट्टले बताए ।
सेप्टेम्बर ९, आइतबार लण्डनको साउथ हयारोस्थित ‘हयारो बरो फुटबल क्लब’ मा आयोजना हुने कार्यक्रममा गजलवाचनका निम्ति नेपालबाट प्रसिद्ध गजलकार रवि प्राञ्जल र करुण थापा बेलायत आउन लागेको आयोजक समिति सदस्य लक्ष्मी राई ‘लारा’ ले जानकारी गराइन् ।
प्राञ्जल र थापाले कार्यक्रममा १०-१० वटा गजल वाचन गर्नेछन् । ‘नखुलेको आकाश खुलेर आयो’ भन्ने रवि प्राञ्जलको प्रसिद्ध गजल पनि उक्त कार्यक्रममा वाचन हुनेछ ।
कार्यक्रममा डा. रूपक श्रेष्ठ, नारायण गाउँले, नृपेश उप्रेतीलगायतका केही स्थानीय गजलकारले पनि गजलवाचन गर्नेछन् । प्रसिद्ध गायिका शर्मिला बर्देवा र गायक प्रमोद राज न्यौपानेले गजल-गायनसमेत प्रस्तुत गर्नेछन् ।
अपरान्ह ४ बजेबाट सुरु हुने उक्त गजलसाँझको प्रमुख आतिथ्य बेलायतका निम्ति नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) को रहनेछ भने समाजका प्रतिष्ठित व्यक्तिहरूको श्रोताका रूपमा उपस्थिति रहने विश्वास गरिएको छ । कार्यक्रमको प्रवेश शुल्क १५ पाउण्ड राखिएको छ ।
कार्यक्रमका लागि शिक्षाकर्मी एवं समाजसेवी कृष्ण भट्टको संयोजकत्वमा नारायण गाउँले, नृपेश उप्रेती, लक्ष्मी ‘लारा’ राई र कृष्ण तिवारी सम्मिलित एउटा आयोजक समिति गठन गरिएको छ ।
आयोजक समितिले कार्यक्रममा उपस्थित भएर मनोरञ्जनका साथ साहित्यको सम्बर्द्धनमा योगदान पुऱ्याउन बेलायतवासी समस्त नेपालीलाई आग्रह गरेको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ