लण्डन । एशियन कम्युनिटी हल, प्लमस्टेडमा यही आइतबार हुने प्रतिभा नक्षत्रको तयारी पूरा भएको आयोजकले बताएका छन् ।
नेपाली मौलिकता, कला-संस्कृति, साहित्य, संस्कार संरक्षण गर्ने र प्रवासी नेपालीहरूको दोश्रो पुस्तामा बाल तथा युवा प्रतिभा प्रतियोगिताको माध्यमबाट नेपाली मौलिकता हस्तान्तरण गर्ने उद्देश्य प्रतिभा नक्षत्रको छ।
प्रतियोगितामा नेपालीका साथै, बेलायतबासी अरू समुदायहरू पनि आएको खन्डमा सहभागी गराउने उद्देश्य छ।
यस प्रतियोगितामा भाग लिन बेलायतको लन्डन, स्कटलेन्ड, योर्क, इसेक्स, सरी, डार्टफार्डबाट विभिन्न बिधामा प्रतियोगीहरूको निवेदन परेको छ । निवेदन परेको बिधाहरूमा गायन, कविता, नृत्य, बाद्यवादन (हारमोनियम, भाइलिन, गिटार ) छन् ।
प्रतियोगीहरूलाई प्रत्येक दिनजसो मेन्टरहरूले अभ्यास स्थल र अनलाइनको माध्यमबाट मार्गदर्शन गरी अगस्ट ९, बिहिबारका दिन गोर्खा क्लब, प्लमस्टेडमा अडिसन गरी छानिएको छ ।
अन्तिम प्रतियोगितामा बाल समूहबाट १६ र युवा समूहबाट १२ जना प्रतियोगी छनौट भएका छन् । निर्णायकहरूले यिनै सहभागीमध्येबाट युवा र बाल समूहका प्रतिभा नक्षत्र २०१८ को घोषणा गर्नेछन् ।
यसवर्ष युवातर्फ प्रथम हुनेलाई पाउन्ड ५००, दोस्रो हुनेलाई ३०० पाउण्ड, तेस्रो हुनेलाई २०० पाउण्ड र बालतर्फ प्रथम हुनेलाई पाउन्ड ३००, दोस्रो हुनेलाई २०० पाउण्ड, तेस्रो हुनेलाई १०० पाउण्डका साथै ट्रफी तथा प्रतिभा नक्षत्र २०१८ को उपाधि र बेलायतमा हुने बिभिन्न अवसरहरूमा प्रतिनिधित्व गर्ने मौका दिइनेछ ।
यस कार्यक्रम सफल बनाउन कार्यक्रम आयोजक कमिटी अहोरात्र खटिरहेको छ भने आयोजकले आर्थिक र नैतिक समर्थन गर्ने बेलायतका बिभिन्न संघसंस्थाका पदाधिकारी, सामाजिक अभियन्ता, पत्रकारहरू र समस्त समुदायलाई धन्यवाद दिएको छ ।
प्रतिभा नक्षत्रकी अध्यक्ष सिम्मी पुनले कार्यक्रममा सहभागी भइ सहयोग गर्न सबैमा अनुरोध गरेकी छिन् ।
‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनका लागि बेलायत र फ्रान्सले पहल गर्ने
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री