लण्डनमा ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुर’ को प्रिमियर शो गरिने

लण्डन ।  पासा पुचः गुथि युके लण्डन शाखाले बेलायतमा सेप्टेम्बर ८ तारिख ऐतिहासिक नेपाली कथानक चलचित्र ‘कीर्तिपुर’ को प्रिमियर शो गर्ने भएको छ ।

चलचित्र सोआस विश्वविद्यालयको डिजाम लेक्चर हलमा मध्यान्ह ३.०० बजे प्रदर्शन गरिनेछ। १३५ दर्शक अट्ने उक्त हल भरिने आशा आयोजकको छ ।

प्रदीप खड्गीको निर्देशन रहेको यस चलचित्रमा कीर्तिलक्ष्मी नामक साहसी नारीले कसरी आफ्नो देश कीर्तिपुरलाई गोर्खाका राजा पृथ्वीनारायण शाहको आक्रमणबाट बचाउन भैरव सिंह भनिने पुरूष योद्धाको भेषमा युद्ध गरिन् भनेर देखाइएको छ ।

आयोजकले शोमा सहभागिताका लागि अनुरोध गर्दै टिकटको लागि यहाँ सम्पर्क गर्न सकिने बताएका छन् । www.facebook.com/events/714531752228495

प्रतिक्रिया

सम्बन्धित सामाग्री