लण्डन । युकेमा बसोबासरत कुरुम्बाङ परिवारको आठौँ वार्षिक भेला सम्पन्न भएको छ ।
फेल्थामस्थित कम्युनिटी हलमा भएको सो भेटघाटमा कुरुम्बाङ बन्धुहरु, छोरीचेली, ज्वाइँचेला, भान्जाभान्जी उपस्थित थिए ।
कार्यक्रम संस्थाका सचिव रूपमान कुरुम्बाङले संचालन गरेका थिए । संस्थाका अध्यक्ष नरबहादुर कुरुम्बाङ (ए) र वंशका ज्येष्ठ नागरिक दलवीर कुरुम्बाङबाट दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन् भएको थियो । त्यसपछि दाजुभाइमा ज्येष्ठ नागरिकहरूलाई अध्यक्ष र श्रीमती राजकुमारी खापुङ कुरुम्बाङबाट खादा ओढाएर सम्मान गरिएको थियो ।
सम्मान पाउनेहरूमा दलवीर कुरुम्बाङ, पदमबहादुर कुरुम्बाङ, धर्मध्वोज कुरुम्बाङ, बलिहाङ कुरुम्बाङ, र नरबहादुर कुरुम्बाङ (बी) थिए । ज्येष्ट नागरिकद्वारा रुद्रबहादुर कुरुम्बाङ एवं नयाँ आगन्तुक सदस्यहरू सबैलाई खादाले स्वागत गरिएको थियो ।
विशेष सम्मान स्वरुप हर्कजङ कुरुम्बाङ र उनकी धर्मपत्नी श्रीमती भीमकुमारी खापुङ कुरुम्बाङलाई अध्यक्षले खादाले सम्मान गरे। सोही अनुरूप उच्च शिक्षा हासिल गर्ने छोराछोरी र भान्जाभान्जीहरूलाई पनि खादा ओढाएर प्रशंसापत्र वितरण गरी हौसला प्रदान गरिएको थियो ।
कार्यक्रमको मध्यतिर सुश्री बिमर्ष र सुरक्षा कुरुम्बाङले वनमा फुल्यो फुलैफुल बोलको गीतमा नृत्य देखाएर सहभागीहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए । श्रीमती तारा यङहाङ कुरुम्बाङले एकल गीत सुरिलो स्वरमा गाएर दर्शकहरूलाई मुग्ध पारिन् । च्याब्रुङ नाचले झन उपस्थित सबैलाई नाच्न उत्साहित तुल्याएको थियो ।
अन्त्यमा सहभागी दाजुभाइ, छोरीचेली, ज्वाइँ र भान्जाभान्जी सबैले भेटघाट कार्यक्रम अत्यन्तै रमाइलो भएको निस्कर्ष निकाल्दै आयोजक समिति कुरुम्बाङ परिवार यूकेलाई सधैं यस्तै कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण