लण्डन । युकेमा बसोबासरत कुरुम्बाङ परिवारको आठौँ वार्षिक भेला सम्पन्न भएको छ ।
फेल्थामस्थित कम्युनिटी हलमा भएको सो भेटघाटमा कुरुम्बाङ बन्धुहरु, छोरीचेली, ज्वाइँचेला, भान्जाभान्जी उपस्थित थिए ।
कार्यक्रम संस्थाका सचिव रूपमान कुरुम्बाङले संचालन गरेका थिए । संस्थाका अध्यक्ष नरबहादुर कुरुम्बाङ (ए) र वंशका ज्येष्ठ नागरिक दलवीर कुरुम्बाङबाट दीप प्रज्वलन गरि कार्यक्रम उदघाटन् भएको थियो । त्यसपछि दाजुभाइमा ज्येष्ठ नागरिकहरूलाई अध्यक्ष र श्रीमती राजकुमारी खापुङ कुरुम्बाङबाट खादा ओढाएर सम्मान गरिएको थियो ।
सम्मान पाउनेहरूमा दलवीर कुरुम्बाङ, पदमबहादुर कुरुम्बाङ, धर्मध्वोज कुरुम्बाङ, बलिहाङ कुरुम्बाङ, र नरबहादुर कुरुम्बाङ (बी) थिए । ज्येष्ट नागरिकद्वारा रुद्रबहादुर कुरुम्बाङ एवं नयाँ आगन्तुक सदस्यहरू सबैलाई खादाले स्वागत गरिएको थियो ।
विशेष सम्मान स्वरुप हर्कजङ कुरुम्बाङ र उनकी धर्मपत्नी श्रीमती भीमकुमारी खापुङ कुरुम्बाङलाई अध्यक्षले खादाले सम्मान गरे। सोही अनुरूप उच्च शिक्षा हासिल गर्ने छोराछोरी र भान्जाभान्जीहरूलाई पनि खादा ओढाएर प्रशंसापत्र वितरण गरी हौसला प्रदान गरिएको थियो ।
कार्यक्रमको मध्यतिर सुश्री बिमर्ष र सुरक्षा कुरुम्बाङले वनमा फुल्यो फुलैफुल बोलको गीतमा नृत्य देखाएर सहभागीहरूलाई भरपूर मनोरञ्जन दिलाएका थिए । श्रीमती तारा यङहाङ कुरुम्बाङले एकल गीत सुरिलो स्वरमा गाएर दर्शकहरूलाई मुग्ध पारिन् । च्याब्रुङ नाचले झन उपस्थित सबैलाई नाच्न उत्साहित तुल्याएको थियो ।
अन्त्यमा सहभागी दाजुभाइ, छोरीचेली, ज्वाइँ र भान्जाभान्जी सबैले भेटघाट कार्यक्रम अत्यन्तै रमाइलो भएको निस्कर्ष निकाल्दै आयोजक समिति कुरुम्बाङ परिवार यूकेलाई सधैं यस्तै कार्यक्रम आयोजना गर्न सुझाव दिएका थिए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ