लन्डन, २९ साउन – बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।
विगत १८ महिनाभन्दा कम अवधिमा बेलायतमा सवारीसाधनको प्रयोग गरी चारवटा आतङ्कवादी आक्रमण भइसकेका छन् । बेलायतको मुख्य प्रशासनिक इकाई समेत रहेको मुख्य लन्डन क्षेत्र प्रहरीले घेराबन्दी गरेको छ । प्रहरीले आम सर्वसाधारणलाई घटनास्थलबाट टाढै रहन आग्रह गर्नुका साथै वेस्टमिन्स्टर रेलसेवा बन्द गरिएको थियो ।
“हाउस अफ लर्डस्को बाहिरको बारमा तिब्र गतिको कारले हिर्कायो । ठूलो आवाज आयो र धुँवा उड्यो,” प्रत्यक्षदर्शी एवीलीना ओचाबले भन्नुभयो । “चालक तुरुन्तै बाहिर निस्केनन् । सुरक्षागार्डले तत्कालै मानिसलाई टाढा जान आग्रह गरिरहेका थिए ।”
यही स्थानमा मार्च २०१७ मा पनि आतङ्कवादी हमला भएको थियो । खालिद मसूद नाम गरेका एक व्यक्तिले वेस्टमिन्स्टर ब्रिजमा चार जना मानिसको ज्यान लिनेगरी कारबाट आक्रमण गरेका थिए ।
लन्डनको महानगरीय प्रहरीले प्रतिआतङ्कवाद कमान्डले घटनाको अनुसन्धान थालिसकेको जानकारी दिएको छ । कार दुर्घटनामा केही व्यक्ति घाइते भएपनि जटिल अवस्थामा नरहेको बताइएको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा