लन्डन । वरिष्ठ कवि तथा साहित्यकार तुलसी दिवसले कवि तथा कलाकार कहिल्यै भूतपू्र्व नहुने बताएका छन् । नेपालबाट आएका वरिष्ठ साहित्यकार तथा लेखकहरुको संमानमा सोमबार बेलुका नेपाली दूतावास, लण्डनद्वारा आयोजित एक स्वागत समारोहलाई संबोधन गर्दै कवि दिवसले प्रधानमन्त्री, मन्त्री तथा प्रशासकहरु भूतपूर्व हुने तर लेखक, साहित्यकार, कलाकार कहिल्यै भूतपूर्व नहुने जिकिर गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई भूतपूर्व मन्त्रीको रुपमा नभै एक बेजोड कविको रुपमा नेपाली पाठकहरुले सँधै संझीरहने पनि बताए ।
उनले नेपाल अहिले मेची, महाकाली, हिमाल र तराईको सीमाभित्र मात्र सीमित नरहेको बताउँदै संसारभरि फैलिएका नेपालीहरुले सानो टुक्रा नेपाल आफुसंगै मन र मस्तिष्कमा बोकेर आएको आफुले देखेको बताए । उनले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा नेपाल बाहिर बसेका नेपालीहरुले धेरै काम गरिरहेको उल्लेख गर्दै अब नेपाली साहित्यको इतिहासको पुनर्लेखन गर्नुपर्ने बेला आएको पनि बताए।
कवि दिवसले देशबाहिर बसेर नेपाली भाषा, साहित्यको संबर्द्धन गर्नेहरुको संमान गर्ने परंपराको थालनी नेपालबाट गरिनुपर्छ भन्दै बेलायतकालागि नेपाली राजदूत तथा कवि दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले बेलायतमा नेपाली भाषा, साहित्यको विकासमा पुराइरहेको योगदानको प्रशंसा पनि गरे ।
कार्यक्रममा वरिष्ठ लेखक खगेन्द्र संग्रौला, भूतपूर्व राजदूत तथा भाषाविद् डा. नोबेल किशोर राई, वरिष्ठ समालोचक तथा निबन्धकार डा. गोविन्दराज भट्टराई एवम् संस्कृति तथा पर्यटन मंत्रालयका सहसचिव भरतमणि सुवेदीलाई सम्मान गरिएको थियो ।
सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले शेक्सपियर, जोन मिल्टन, ओस्कार वाइल्ड, रबर्ट बर्न्स, जर्ज अरवेल जस्ता विश्वप्रसिद्ध साहित्यकारहरुको जन्मभूमिमा आएर सिर्जना गर्नपाउने नेपाली कवि, साहित्यकारहरु भाग्यमानी भएको बताए। उनले बेलायतले जहिले पनि भागेर वा निर्वासित भएर आएका साहित्यकार तथा चिन्तकहरुलाई आश्रय दिने गरेको बताउँदै अमेरिकी कवि टिएस एलियट तथा जर्मन चिन्तक कार्ल मार्क्सले बेलायतमा आएर आफ्नो लेखन र अनुसन्धानलाई निरन्तरता दिएको स्मरण गरे ।
सो अवसरमा बेलायतमा बसोबास गरिरहेका कवि नरेश काङमाङ राई तथा गजलकार नृपेश उप्रेतीले आआफ्ना रचना सुनाएका थिए भने गायिका सीतु खरेल तथा गायक एवम् संगीतकार बीसी राईले गीत सुनाएका थिए । चर्चित लोक गायिका मिना लामाले लोकप्रिय गीतहरु सुनाएकी थिइन् भने नायिका छुल्ठिम डोल्मा गुरुङले नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै सयपत्री सांस्कृतिक समूहका अध्यक्ष डम्बरसिं प्रयासले सारंगी वादन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बेलायतस्थित नेपाली साहित्यिक संघसंस्थाका प्रतिनिधि, कवि, कलाकार, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति थियो ।
तस्विर- शिव भण्डारी
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला