लन्डन, २७ साउन – साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो ।
भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उहाँका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ फ्री स्टेट” रहेका छन् ।
“उहाँको मृत्यु पारिवारिक सदस्यहरुका माझमा भयो,” नयपालकी पत्नी नदीरा नयपालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सर्नुभएको थियो र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गर्नुभएको थियो ।
नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताउनुभएको थियो र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहेपनि उहाँले साहित्यमा पूर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँका सुरुआती वर्षहरुका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तर पछि उहाँको रचना विश्वजगतलाई समेट्ने किसिमका हुन थाले ।
उहाँ विगतमा विवादित पनि बन्नुभयो, खासगरी उहाँले उत्तर–औपनिवेशिक मुलुकहरुलाई “अर्ध–निर्मित समाज” का रुपमा चित्रित गरेपछि । ईस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उहाँमाथिको आलोचना तीव्र बनेको थियो ।
सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनु भएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेख्नुभएको छ ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह