लन्डन, २७ साउन – साहित्यमा नोबेल पुरस्कार विजेता बेलायती लेखक भी.एस. नयपालको ८५ वर्षको उमेरमा निधन भएको छ । उत्तर–औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रुपमा उहाँले आफ्नो परिचय बनाउनुभएको थियो ।
भारतीय कर्मचारीका छोरा नयपालको जन्म बेलायती उपनिवेश रहेको ट्रिनीडाडमा भएको थियो । उहाँका विश्व चर्चित पुस्तकहरुमा “ए हाउस फर मिस्टर विश्वास” र बुकर पुरस्कार विजयी “इन अ फ्री स्टेट” रहेका छन् ।
“उहाँको मृत्यु पारिवारिक सदस्यहरुका माझमा भयो,” नयपालकी पत्नी नदीरा नयपालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नयपाल ट्रिनीडाडबाट बेलायत बसाइँ सर्नुभएको थियो र त्यहीँको अक्सफोर्ड विश्वविद्यालयमा अंग्रेजी साहित्य अध्ययन गर्नुभएको थियो ।
नयपालले आफ्नो अधिकांश समय घुमफिरमा बिताउनुभएको थियो र बेलायती सांस्कृतिक धरोहरको एकजना खम्बाका रुपमा रहेपनि उहाँले साहित्यमा पूर्खाविहीन धारको प्रतीकका रुपमा आफूलाई स्थापित गर्नुभएको छ । उहाँका सुरुआती वर्षहरुका रचना वेस्ट इन्डिजमा केन्द्रित थिए, तर पछि उहाँको रचना विश्वजगतलाई समेट्ने किसिमका हुन थाले ।
उहाँ विगतमा विवादित पनि बन्नुभयो, खासगरी उहाँले उत्तर–औपनिवेशिक मुलुकहरुलाई “अर्ध–निर्मित समाज” का रुपमा चित्रित गरेपछि । ईस्लाम धर्मले अन्य संस्कृतिलाई दास बनाउने र सखाप पार्ने धारणा राखेपछि त उहाँमाथिको आलोचना तीव्र बनेको थियो ।
सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार पाउनु भएका नयपालले ३० वटाभन्दा बढी पुस्तक लेख्नुभएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे