लन्डन । बेलायतमा नौलो नाम होइन् डा. कपिल रिजाल । एकजना समाजसेवी, दन्त एवं प्रोपर्टी व्यवसायी र केही म्यूजिक भिडियो निर्देशक तथा निर्माताका रुपमा उनको पहिचान स्थापित छ । बेलायती समुदायले उनलाई विशेष गरि सरी हिथ पार्लियामेन्ट्री विजनेश क्लब (स्ट्रेन्जेज ग्यालरी) का अध्यक्षका रुपमा चिनेको छ ।
फरक फरक पृष्ठभूमि बनाएका डा. रिजाल यतिखेर आफूले निर्देशन गर्ने म्यूजिक भिडियोका लागि महिला मोडलको खोजीमा छन् ।
गायिका अन्जु पन्त र अनिस पाण्डेको स्वर रहेको गीत ‘सुस्तरी…’ को म्यूजिक भिडियो बनाउन डा. रिजालले २४ अगष्टभित्र फिमेल मोडल खोजेका हुन् । पुरुष मोडलमा भने लियो टयांक छनोट भइसकेका छन् । के के प्रोडक्सन लिमिटेडले बनाउने म्यूजिक भिडियो निर्देशन डा. रिजालले गर्नेछन् भने डिओपीको जिम्मा सुमन श्रेष्ठलाई छ ।
‘म छिट्टै फिचर फिल्म बनाउने योजनामा पनि छु, त्यो भन्दा अघि यो म्यूजिक भिडियोले केही अनुभव दिनेछ’- ड्रिम्स चलचित्रका निर्माता समेत रहेका रिजालले भने, ‘अभिनयमा रुची भएका इच्छुक मोडलले २४ अगष्टसम्म सम्पर्क गर्न सक्नेछन् ।’ प्राप्त आवेदनमध्येबाट अनुभवी र पेशाप्रति लगाव भएका मोडललाई अवसर दिने सोचमा छन् डा. रिजाल ।
सम्पर्कका लागिः
POTELTIAL MODELS PLEASE CONTACT ON THE DETAIILS BELOW BY FRIDAY 24th OF AUGUST 2018
Nesha Gurung
07766301276
Alternatively email on:
[email protected]
Lyrics and Music: Bhanu Bhattarai
Singers: Anju Panta & Anish Pandey
Music Arrangement: Purusottam Subedi
D.O.P: Suman Shrestha
Director: Dr. Kapil Rijal
Actors
Male: Leo Tank
Female: To Be Confirmed Soon
Especial Thanks;
Seven Sister Studio, London(Marrik)
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ