लण्डन । फोकस्टोनमा गोर्खा सालिक निर्माण परियोजना सफल पारेर चिनिएका बेलायतमा काउन्सिलर पदमा निर्वाचित पहिलो व्यक्तित्व धन गुरुङले एउटा कल्याणकारी परियोजनाकालागि एकल सांगीतिक साँझ आयोजना गर्न लागेका छन् ।
झापा जिल्लामा जन्मिएका गुरुङको सांगीतिक पाटोप्रति धेरैलाई थाहा छैन् । तर उनले १२ वर्षको उमेरदेखि नै आफ्नो सांगीतिक यात्रा थालनी गरेका हुन् । कोलकाताको म्युजिक एकेडेमी, काठमाडौं र पछि केन्ट कलेज, केन्टरवरी, युकेमा संगीतको अध्ययन गरेका उनले कैयौं गीत रचना गरेका छन् भने संगीत पनि भरेका छन् ।
गितार, पियानो र म्यान्डोलिन बजाउने उनले रेडियो नेपालद्वारा आयोजित प्रतिभाको खोजी कार्यक्रममा पनि सहभागिता जनाएका थिए । त्यस्तै उनले टेलिभिजन सिरियलहरु रक्सी, प्रतिघात र सत्यको विजयमा संगीत निर्देशकको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।
सन् १९८७ मा ब्रिटिश सेनामा भर्ती भएका उनले सन् १९९१ देखि २००२ संम द हिमालयन टु व्याण्डको नेतृत्व गर्दै हङकङ, ब्रुनाइ, मलेसिया र युकेमा सांगीतिक प्रस्तुति गरेका थिए । सो व्याण्डले मेरी आमा, तिमी र म, संझाइ देउ न कान्छीलाई जस्ता लोकप्रिय एलबमहरु प्रकाशनगरीसकेको छ । सो व्याण्डका अन्य सदस्यमा राजीव राई, पवन थापा र विनय राई छन् ।
ह्यारो बरो फुटबल क्लबमा आयोजना हुने सांगीतिक कार्यक्रममा गोर्खा नेप्लीज रक व्याण्ड युकेका आशिक गुरुङ, उर्मिला पल राई, रबीन लिम्बु र क्लासिकल नर्तकी फ्रान्सिस्का घले राईले प्रस्तुति गर्ने पनि आयोजक गोर्खा म्युजिक फाउण्डेशन युकेले जनाएको छ ।
‘१८ वर्ष पछि हाम्रो व्याण्डको पुनर्मिलन यही २५ अगष्टमा ह्यारो फुटबल क्लब, लण्डन र १५ सेप्टेम्बरमा स्वीण्डनमा हुँदैछ । कार्यक्रमबाट उठेको संपूर्ण रकम रोल्पा, थबाङस्थित बलभद्र उच्चमाध्यमिक विद्यालयमा सन्चालित कम्प्युटरप्रविधि शिक्षा परियोजना र दार्जीलिङस्थित गोर्खा वार म्युजीयमलाई प्रदान गरिनेछ’- गुरुङले भने ।
उनले आफ्ना सबै शुभचिन्तक, साथीभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हौसला बढाइदिन तथा कल्याणकारी काममा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
लण्डनमा हुने कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि हुनुहुनेछ भने स्वीण्डनको कार्यक्रममा हिमालयन व्याण्डका एकजना संस्थापक नोर्देन तेन्जीङ भुटियाले पनि प्रस्तुति दिने बताइएको छ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे