लण्डन। गैरआवासीय नेपालीहरूको लगानीको सौर्य उर्जा उत्पादनमा नेपाल विद्युत प्राधिकरणले उर्जा खरिद सम्झौता गरेको छ ।
लण्डनका नेपालीहरूको सहकारी संस्था नेपलिज कोअपरेटिभ इन्भेस्टमेन्ट (एनसिआइ) युके प्रोमोटर रहेको सोलार फर्म प्रालिसित प्राधिकरणले आज काठमाडौंमा सो सम्झौता गरेको हो ।
तनहुँस्थित शुक्लागण्डकी नगरपालिका, बेलचौतारामा रहेको सो कम्पनीले ५ मेघावाट सौर्य उर्जा उत्पादन गर्ने कम्पनीका अध्यक्ष मोहन गुरूङले जानकारी दिए । उनी एनसिआइका पनि अध्यक्ष हुन् ।
डेनिस प्रविधिको सहयोगमा बन्ने सो फर्मले एक वर्षभित्रमा उर्जा उत्पादनको लक्ष्य राखेको छ ।
करिब ५० करोड रुपैयाँको लागतमा निर्माण हुने सो फर्मसित प्रति युनिट ७ रूपैयाँ ३० पैसामा उर्जा खरिद सम्झौता गरिएको छ ।
नेपालमा सौर्य ऊर्जा कम्पनीसित नेपाल विद्युत प्राधिकरणले गरेको उर्जा खरिद सम्झौता गरेको यो सम्भवत पहिलोपटक हो ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे