लन्डन । बेलायतमा बुद्ध सम्वन्धि अध्ययन अनुसन्धानका लागि एक केन्द्र स्थापना भएको छ । बेलायतको फार्नबोरोमा ‘RANGJUNG YESHE ODDIYANA UKCIO’ नामक केन्द्र स्थापना भएको हो । केन्द्रमा दुई जना लामा गुरु स्थायी रुपमा रहने बताइएको छ । क्याप्टेन रिटायर्ड जीवन गुरुङ यूके व्यवस्थापन समितिका अध्यक्ष छन् भने रविन्द्र लोसाल कोषाध्यक्ष हुन् ।
नेपाल मुख्यालय रहेको उक्त केन्द्रका विदेशका ५४ वटा देशमा शाखा छन् ।
उक्त केन्द्रले गत ५ अगष्ट आइतबार आफ्नो पहिलो कार्यक्रम अन्तर्गत पूजा, प्रवचन तथा पहिलोपटक एकहजार बुद्धको वाङ (विशेष आर्शीवाद) गरेको छ । बिहान ११.३० मा केन्द्रका बेलायत अध्यक्ष जीवन गुरुङ, तमु समाज बेलायतका अध्यक्ष शिवचन्द्र गुरुङ र चार भन्ज्याङ तमु समाज अध्यक्ष मेजर कृष्ण गुरुले बत्ति बालेर पूजा उद्घाटन गरेका थिए ।
कार्यक्रममा केन्द्रका प्रमुख हिज होलिनेस दिल्गो खेन्त्से यांसी रिन्पोचे गुरुको ७ अवतार लिएका सहोदर दाई नेपालबाट आएका हिज होलिनेस फक्चोक रिन्पोचेले केन्द्र उद्घाटन, यसका कार्य र बुद्ध धर्मबारे प्रवचन दिएका थिए ।
उक्त कार्यक्रम केन्द्रकी महासचिब श्रीमति इन्द्र गुरुङ र बम गुरुङले सन्चालन गरेका थिए । यस्ता कार्यक्रम नियमित गरिने केन्द्रले जनाएको छ ।
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार