लन्डन । बेलायतमा बुद्ध सम्वन्धि अध्ययन अनुसन्धानका लागि एक केन्द्र स्थापना भएको छ । बेलायतको फार्नबोरोमा ‘RANGJUNG YESHE ODDIYANA UKCIO’ नामक केन्द्र स्थापना भएको हो । केन्द्रमा दुई जना लामा गुरु स्थायी रुपमा रहने बताइएको छ । क्याप्टेन रिटायर्ड जीवन गुरुङ यूके व्यवस्थापन समितिका अध्यक्ष छन् भने रविन्द्र लोसाल कोषाध्यक्ष हुन् ।
नेपाल मुख्यालय रहेको उक्त केन्द्रका विदेशका ५४ वटा देशमा शाखा छन् ।
उक्त केन्द्रले गत ५ अगष्ट आइतबार आफ्नो पहिलो कार्यक्रम अन्तर्गत पूजा, प्रवचन तथा पहिलोपटक एकहजार बुद्धको वाङ (विशेष आर्शीवाद) गरेको छ । बिहान ११.३० मा केन्द्रका बेलायत अध्यक्ष जीवन गुरुङ, तमु समाज बेलायतका अध्यक्ष शिवचन्द्र गुरुङ र चार भन्ज्याङ तमु समाज अध्यक्ष मेजर कृष्ण गुरुले बत्ति बालेर पूजा उद्घाटन गरेका थिए ।
कार्यक्रममा केन्द्रका प्रमुख हिज होलिनेस दिल्गो खेन्त्से यांसी रिन्पोचे गुरुको ७ अवतार लिएका सहोदर दाई नेपालबाट आएका हिज होलिनेस फक्चोक रिन्पोचेले केन्द्र उद्घाटन, यसका कार्य र बुद्ध धर्मबारे प्रवचन दिएका थिए ।
उक्त कार्यक्रम केन्द्रकी महासचिब श्रीमति इन्द्र गुरुङ र बम गुरुङले सन्चालन गरेका थिए । यस्ता कार्यक्रम नियमित गरिने केन्द्रले जनाएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै