लन्डन । अलिक पृथक हुने गर्छ गुल्मी जिल्ला समाज यूकेको वार्षिक भेला । जमघटको माहोलमात्र होइन, नेपाली कला संस्कृतिको वास्तविक चित्रण दिने गरि समाजले गर्ने भेला यो पटक आइतबार अल्डरसटमा भव्य बन्यो । बेलायतका नेपाली संघसंस्थामध्ये अग्रणी समाजको १२ औं वार्षिक भेलामा नेपालबाट आएका राष्ट्रिय कलाकारहरु गायिका सुशिला गौतम र गायक बैकुण्ठ महत प्रमुख आकर्षण बने । दुवै कलाकार गुल्मेली हुन् ।
कन्नट स्कुल, अल्डरसटमा करिब १२ सयको सहभागितामा विविध सांस्कृतिक कार्यक्रमसहित भेला भएको हो । कार्यक्रममा भाग लिन लण्डन र आसपास बाहेक बर्मिङहम, नटिङहम, लेस्टर, पिटरबरो, स्कटल्याण्ड लगायत शहरबाट उल्लेख्य गुल्मेलीहरु कोच रिजर्भ गरेरै अल्डरसट आएका थिए ।
उक्त अवसरमा नेपालबाट आएका बैकुण्ठ र सुशिलाले विभिन्न लोक तथा दोहोरी गीत गाएर सहभागीलाई ‘ननस्टप’ नचाइरहे । प्रथम नौमती बाजा गुल्मी यूकेको विशेष प्रस्तुतिसंगै कार्यक्रममा गुल्मेली ठाडो भाका, झयाउरे, रोइला, भजनदेखि महिलाले तीज गीतमा समेत नाचेर माहोल रोमाञ्चक बनाए ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो औपचारिक सत्रको सञ्चालन महासचिव शिव भण्डारीले गरेका थिए । सचिव बीर बलालले ‘हेल्थ एण्ड सेफटी’ ब्रिफ तथा उपाध्यक्ष एवं कार्यक्रम संयोजक टोप पल्ली मगरले स्वागत मन्तव्य राखेका थिए ।
त्यस अवसरमा प्रमुख अतिथी समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, एनआरएनए यूके उपाध्यक्ष प्रेम गाहामगर, महासचिव आरके त्रिपाठी, नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगर, समाजका पूर्व अध्यक्ष अर्जुन गौतम, उपाध्यक्ष फडिन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य दिंदै समाजको कल्याणकारी कार्यको प्रशंसा गरे ।
ढिलो गरि कार्यक्रममा आइपुगेका बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले कार्यक्रमले बेलायतमा बस्ने गुल्मेलीहरुबीच एकता र सद्भावका साथै मातृभूमिप्रेमलाई समेत दर्शाएको बताए ।
त्यस अवसरमा राजदूत सुवेदीले कार्यक्रमका लागि नेपालबाट आएका कलाकारहरु बैकुण्ठ महत र सुशिला गौतमलाई प्रशंसापत्र प्रदान गरे । कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी सहित बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधि अतिथीका रुपमा सहभागी थिए ।
त्यही मेसोमा लन्डन बस्दै आएका गुल्मेली युवा रवि अर्यालको पहिलो उपन्यास ‘थेम्स डायरी’ को पनि औपचारिक विमोचन गरियो ।
कार्यक्रममा फिनल्याण्डबाट आएका गुल्मीन्यूज डटकमका संस्थापक, सम्पादक सञ्जु काउछाका साथै नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष ध्रुबराज अर्याल, सचिव शिव भण्डारी र सदस्य मञ्जु भण्डारीलाई पनि समाजका तर्फबाट संस्थापक अध्यक्ष ओमप्रसाद थापा र अध्यक्ष राम गलामीले खादा र प्रशंसापत्रले सम्मान गरे ।
कार्यक्रमको दोस्रो सत्रमा समाजकी प्रवक्ता मञ्जु खरेलले सांस्कृतिक कार्यक्रम सञ्चालन गरेकी थिइन् । सो क्रममा गायक गायिका बैकुण्ठ महत र सुशिला गौतमको विशेष प्रस्तुति रहयो । स्थानीय कलाकारहरुले पनि आफ्नो कला देखाएका थिए ।
तस्विर- शिव भण्डारी
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान