ग्लास्गो । नेपालको बाग्लुङ जिल्लाबाट बेलायतको विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका गल्कोटेहरुको संस्था गल्कोट समाज युकेको दोश्रो साधारणसभा सम्पन्न भएको छ । बर्मिङहमस्थित ‘यू ट्री रेष्टुरेण्ट एण्ड बार’ सभाकक्षमा कार्यक्रम भएको हो ।
समाजका अध्यक्ष रेशमबहादुर बुढाथोकीको अध्यक्षता तथा दयानिधि सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारण सभाले राजु कंडेल सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
विधान अनुरुप निर्विरोध निर्वाचित ३१ सदस्यीय कार्यसमितिमा उपाध्यक्षहरु भोजराज कंडेल, गोविन्द राम, तुलक रेग्मी, सचिव दिलाराम गौतम, सहसचिव सुजन गौतम, कोषाध्यक्ष चन्द साहनी, सहकोषाध्यक्ष लिलबहादुर खत्री र सदस्यहरु पुष्प उप्रेती, बद्री गौतम, राम थापा, सुरेश भन्डारी, किसान खत्री, विष्णु श्रेष्ठ, श्याम खत्री, सुशीला गैरे, राजु साहनी, रन्जिला साहनी, दिलाराम गैरे, देवीलाल गैरे, रुद्रलाल गैरे, थमन खड्का, लक्ष्मण भन्डारी, जीवन भन्डारी, तोरणराज मल्ल, दुर्गा खड्का, मंगला बस्नेत, धनबहादुर क्षेत्री, दीपक साहनी, डिम्पालाल गैरे र धन बहादुर केसी रहेका छन् ।
साधारण सभामा निर्वाचनका लागि दयानिधि सापकोटासहितको पांच सदस्यीय समिति समेत गठन भएको थियो ।
अध्यक्ष रेशमबहादुर वुढाथोकीले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
प्रमुख अतिथि दयानिधि सापकोटाले गल्कोट समाजसंग आफ्नो बाल्यकालको सम्बन्ध रहेको जनाउंदै गल्कोट समाजले गरेको कार्यको प्रशंसा गरे ।
त्यसैगरी भेलामा रणबहादुर केसी, प्रशान्त ढकाल, काशी शर्मा, तारानाथ भन्डारी, पशुपति पोखरेल, हिरालाल खरेल, ध्रुव दत्त अधिकारी लगायतले बोलेका थिए ।
उद्घोषक पुष्प उप्रेतीले यस वर्ष भर स्वर्गारोहण भएकाको सम्झनामा मौनधारण गराएर कार्यक्रमलाई अगाडि बढाएका थिए ।
कार्यक्रममा गंगा गौतमले स्वागत मन्तव्य दिए भने रुवीका बस्नेत र आकृति थापाले नृत्य देखाएका थिए ।
भेलाले गल्कोट समाजको विधानमा देखापरेका त्रुटी तथा कमी कमजोरीलाई सच्याउने तथा संशोधन गर्ने काम समेत गरयो ।
कार्यक्रममा समाजका सचिवले समाजले गरेका प्रगति विवरण र कोषाध्यक्षले आर्थिक विवरण प्रस्तुत गरेका थिए ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता