
लन्डन । बेलायतस्थित तमुहरुको ७३ वटा
संघसंस्थाहरूको संयुक्त प्रयासमा बिगत केहि वर्षदेखि तमुहरुको उत्पत्ति, इतिहास, धर्म, संस्कार संस्कृति, वेशभूषा, भाषासाहित्य, चाडपर्व, सामाजिक, आर्थिक स्थिति र कला सम्बन्धि एउटा त्रिभाषीय वृहत कृति प्रकाशन गर्ने पहल भइरहेको छ । यस अभियानलाई ‘मिलेनियम प्रोजेक्ट’ नामाकरण दिइएको छ । पुस्तकको शिर्षक ‘तमुहरूको सम्पदा’ अथवा ‘गुरुङ हेरिटेज’ राखिएको उक्त बृहत प्रोजेक्टका लेखक मध्येका ‘भेषभूषा र भाषा साहित्य’ का समूह नायक सुमलकुमार गुरुङले बताएका छन् ।
क्या.रि. राजु गुरुङको संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष कार्यशाला गरेर तमु बौद्धिक व्यक्तित्वहरुले आ-आफ्ना धारणा पेश गर्दै आएका छन् । यतिबेला तमु फोरमको निर्देशकको हैसियतमा क्या.रि. राजु गुरुङलाई सर्वसम्मत चयन गरे पश्चात उनको नेतृत्वमा तमु धर्मगुरुहरुको राय बटुल्ने अभिप्रायले यही आउंदो १६ सेप्टेम्बर २०१८ का दिन अन्तरक्रिया गर्ने तयारी भएको छ ।
त्यही कार्यक्रम सम्बन्धमा खेगी गुरुहरुसंग शनिबार फार्नबारोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा साधारण सभा सम्पन्न भयो । कार्यक्रमका सह-निर्देशक हरि गुरुङले सञ्चालन गरेको सभाको सभाध्यक्ष क्या.रि. राजु गुरुङले गरेका थिए ।
सभामा फोरमका अर्का सहनिर्देशक क्या.रि. देवराज तमुले स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । निर्देशक क्या.रि. राजु गुरुङले यस अभियान सफल पार्न सबैलाई आग्रह गर्दै हालसम्मको प्रगति विवरण संक्षिप्त रुपमा सुनाए । बोर्ड अफ काउन्सिलका अध्यक्ष मेजर रि. एलबी गुरुङ, धर्मगुरुहरु पौडी पच्यु चिबा, यारजंग तमु, खेम्पो शिरलम गुरुङ र क्लिहप्रही चिबा दानबहादुर तमुले आ-आफ्नो धारणा राखे ।
सभाको अन्तमा बोर्ड अफ काउन्सिलका उपाध्यक्ष क्या.रि. डेमबबहादुर तमुले धन्यवाद ज्ञापन गरेर सभा विसर्जन गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]