वासिङटन, संयुक्त राज्य अमेरिका, १८ साउन – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताउनुभएको हो ।
अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भन्नुभयो, “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।”
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार करबारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो ।
ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो ।
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित