वासिङटन, संयुक्त राज्य अमेरिका, १८ साउन – अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिने बताउनुभएको हो ।
अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले भन्नुभयो, “चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई अघि बढ्न सक्नुहुन्नहोला भनेर कम नआँक्नु राम्रो होला ।”
कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापार करबारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्व अमेरिकी डलर बराबरको व्यापार कर लगाउने बताएको केही समयमै आएको हो ।
ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा