
लन्डन – बेलायतकी प्रधानमन्त्री टेरेजा मे ब्रेक्जिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गर्नुभएको छ । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उहाँले फ्रान्सका राष्ट्रपति इमान्यूएल म्याँक्रोसँग शिष्टाचार भेटवार्ता गर्न लाग्नु भएको हो ।
उहाँहरुबीच ब्रेगानकोनमा दुई घण्टा अनौपचारिक भेटवार्ता हुनेछ । “फ्रान्सेली राष्ट्रपतिहरुको गृष्मकालीन निवासका रुपमा ब्रेगानकोन चर्चित छ, र हाल इटालीमा छुट्टी मनाइरहेकी बेलायती प्रधानमन्त्री मेलाई यहाँ स्वागत गर्ने योजना बनाइएको हो,” स्रोतले बतायो ।
प्रधानमन्त्री मेले ब्रेक्जिट वार्ताका बारेमा लन्डनको अवधारणा र युरोपेली यूनियनसँगको भावी सम्बन्धका बारेमा धारणा राख्नु हुनेछ । स्रोतका अनुसार, यस प्रस्तावका बारेमा स्पष्ट गर्ने यो अवसर हो र उहाँहरुबीच राजनीतिक सन्दर्भका बारेमा पनि छलफल हुनेछ ।
युरोपेली राष्ट्रहरुको दबाब मेमाथि लगातार चुलिदो छ । खासगरी गत महिनामात्र आफ्नै मन्त्रिपरिषदका दुईजनाले राजीनामा दिएपछि सङ्कट गहिरिएको हो । प्रधानमन्त्री टेरेजामाथि सन् २०१९ मार्च २९ बाट बेलायत र युरोपेली यूनियन अलग्ग हुने सम्झौताको कार्यान्वयन गर्नैपर्ने चुनौती छ र यो समयावधि आउन अब केही महिना मात्र बाँकी छ । आगामी अक्टोबरको मध्यसम्ममा आयोजना हुने युरोपेली शिखर बैठकको मध्य सम्ममा एउटा सैद्धान्तिक सहमति खोजीसक्नु पर्नेछ ।
प्रधानमन्त्री मेले आयरल्यान्डसँग दोहोरो कर प्रणालीको प्रस्तावलाई अघि सार्नु भएको छ । प्रस्ताव अनुसार, आइरिस सीमामा उठाइने राजश्वलाई दुवै देशको हितमा प्रयोग गरिने छ । युरोपेली यूनियनका तर्फबाट आयरल्यान्डका लागि ब्रेक्सिट वार्ताकारका रुपमा खटाइएका मिसेल बार्नियरले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।
तर दुई नेताबीचको छलफलमा बार्नियरलाई हटाउने विषयमा छलफल नहुने स्रोतले बताएको छ ।
युरोपेली नेताहरु बार्नियरको पक्षमा खुलेरै बोलिरहेका छन् जसले एक लेख प्रकाशित गरी बेलायत र युरोपेली यूनियनबीच “बाहिरिने पक्षमा ८० प्रतिशत सम्झौता भइसकेको” बताउनुभएको छ । जर्मन र फ्रान्सेली भाषामा प्रकाशित सो लेखमा उहाँले “तर ८० प्रतिशत भनेको १०० प्रतिशत त होइन” भनी चेतावनी पनि दिनुभएको छ ।
फ्रान्सले ब्रेक्सिट सम्झौताका सन्दर्भमा कडा विचार राखिआएको छ, खासगरी वित्तीय सेवाका क्षेत्रमा । मुख्य बैंकिङ इकाईहरु लन्डनबाट पलायन भएमा त्यसबाट सिर्जना हुने करिब ३,५०० नयाँ बैंकिङ रोजगारी फ्रान्स आउने अपेक्षा फ्रान्सले गरिरहेको छ ।
अन्य क्षेत्रका कम्पनीहरुले पनि बेलायत छाड्ने सम्भावना रहेको चेतावनी दिइरहेका छन् जसले युरोपका अन्य मुलुकलाई आर्थिक रुपमा निकै फाइदा पुग्नेछ ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे