
लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेले आफ्नो ११ औं वार्षिक ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रम गरेको छ । गत २८ जुलाई शनिबार संस्थाका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा केन्टको आसफोर्डस्थित ग्रेट चार्ट पार्कमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विशेष अतिथिको रूपमा तमु धिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, तमु प्ये ल्हु संघ यूकेका सल्लाहकार ले. रिटायर्ड डम्बरबहादुर गुरुङ तथा तमु फोरम यूकेका डाइरेक्टर क्या. रिटायर्ड राजु गुरुङ उपस्थित थिए ।
मौसमले साथ नदिए पनि कार्यक्रम थप आकर्षक बनाउन विगत वर्षहरुमा जस्तै विभिन्न खेलकुद तथा नाचगान समावेश गरिएको थियो भने स-साना बालबालिकाका लागी निशुल्क बाउन्सी क्यासलको पनि ब्यवस्था गरिएको थियो । उक्त कार्यक्रम सहज हुने गरी कार्यसमितिका सदस्यहरुलाई जिम्मेवारी बांडफांड गरिएको थियो जस अनुसार टिकट विक्रीमा कोषाध्यक्ष तारामणी गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ, खाना तथा बीबीक्यू ब्यवस्थापनमा गणेश गुरुङ, सांस्कृतिक कार्यक्रममा सुमित्रा गुरुङ र पवित्र गुरुङ, खेलकुद तथा छेलो प्रतियोगितामा होम गुरुङ लगायत कार्यसमिति साथै आसफोर्ड निवासीहरु बिहानै देखि खटिएका थिए ।
केन्टबासी गुरुङहरुले हरेक वर्ष छेलो हान्ने प्रतियोगिता आयोजना गर्दै आएका छन् । यस वर्षको छेलो हान्ने प्रतियोगितामा आसफोर्ड निवासी क्या. रिटायर्ड लीलजङ गुरुङले भेट्रान समूहमा उपाधि जिते भने युवा समूहमा आसफोर्डकै गणेश गुरुङले उपाधि जितेका छन् । दर्जनौं प्रतियोगीलाई उछिन्दै प्रथम उपाधि जित्ने दुबै बिजेतालाई तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ र तमु फोरम यूकेका डाइरेक्टर क्या. रिटायर्ड राजु गुरुङले फेटा र अबीर लगाई पुरस्कारसहित बधाइ दिए । विजेता दुबैलाई गुरुङहरुको प्रचलन अनुसार छेलो हान्ने स्थानबाट युवाहरुले कांधमा बोकेर कार्यक्रमस्थल परिक्रमा गरेका थिए ।
उक्त कार्यक्रम थप रोचक बनाउन आसफोर्डस्थित वए तेक्वान्दोका वरिष्ठ प्रशिक्षक इस्ट गुरुङको निर्देशनमा १० जना बालबालिकाले उत्कृष्ट तेक्वान्दो खेल पनि प्रस्तुत गरे । औपचारिक कार्यक्रममा नयां आजिवन सदस्यहरुलाई खादा लगाई स्वागत गरिएको थियो ।
कार्यक्रममा तमु फोरम यूकेका डाइरेक्टर क्या. रिटायर्ड राजु गुरुङले छोटो मन्तव्य दिएका थिए । उनले गुरुङहरुको संस्कार, संस्कृति एवं भाषा र परम्पराको संरक्षण अनि सम्बर्धन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी औपचारिक कार्ययक्रमको अन्तमा उपस्थित सबैलाई संस्थाका अध्यक्ष बलराम गुरुङले धन्यवाद दिए ।
विविध आकर्षक पुरस्कारसहित गरिएको खेलकुदले थप मनोरन्जन प्रदान गरेको सहभागीले बताएका छन् । प्रथम पुरस्कार आधा तोला सुन र अन्य आकर्षक पुरुस्कारहरु रहेको ‘राफल ड्र’ ले पनि कार्यक्रममा रौनकता थप्यो । राफल ड्र पुरस्कार विभिन्न ब्यक्तिले प्रायोजन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन महासचिव गोलमान गुरुङले गरेका थिए भने स्वागत मन्तब्य द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक कमला गुरुङले गरेकी थिइन् ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक सुमित्रा गुरुङ र पवित्र गुरुङको नेतृत्वमा सञ्चालन भएको थियो ।
संस्थाका विभिन्न कलाकारहरुको मनमोहक नृत्यले दर्शकको मन जितेको थियो । उक्त ग्रीष्मकालीन भेटघाट तथा समर बीबीक्यू कार्यक्रमको अन्तमा सबै सहभागीले नाचेर भरपुर मनोरन्जन लिए ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे