लन्डन । नेपाल क्रिकेट र एमसीसीबीच लर्डसमा केही बेर अघि खेल शुरु भएको छ । नेपाल सामु ६ ओभरमा ४१ रनको सजिलो चुनौति रहेको छ । एमसीसीले पहिलो ब्याटिङ र नेपालले दोश्रो ब्याटिङ गरेको छ । सुभाष र अनिलले नेपालका लागि पहिलो ब्याटिङ गरेका छन् ।
खराब मौसममा सुधार आएपछि लन्डनस्थित विश्वविख्यात लर्डसमा दिउसो शुरु नेपाल र एमसीसीबीचको मैत्रीपूर्ण खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिम उत्रिएको हो ।
मौसमका कारण अनुमान गरिएअनुसार बेलायतवासी नेपाली दर्शक भने क्रिकेट मैदानमा देखिएनन् । यद्यपि, युवायुवती तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरु उपस्थित भएर नेपाली क्रिकेट खेलाडीलाई हुटिङ गर्दै हौसल्ला प्रदान गरिरहेका छन् । नेपाली खेलाडीले पनि नेदरल्याण्डविरुद्ध राम्रो शुरुवाती प्रदर्शन गरिरहेको छ ।
बिहान दश बजेबाट क्रिकेट हुने निर्धारित समय तोकिएको थियो । पूर्व निर्धारित नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा टी टवान्टी त्रिकोणात्मक खेल तालिका थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ