लन्डन । नेपाल क्रिकेट र एमसीसीबीच लर्डसमा केही बेर अघि खेल शुरु भएको छ । नेपाल सामु ६ ओभरमा ४१ रनको सजिलो चुनौति रहेको छ । एमसीसीले पहिलो ब्याटिङ र नेपालले दोश्रो ब्याटिङ गरेको छ । सुभाष र अनिलले नेपालका लागि पहिलो ब्याटिङ गरेका छन् ।
खराब मौसममा सुधार आएपछि लन्डनस्थित विश्वविख्यात लर्डसमा दिउसो शुरु नेपाल र एमसीसीबीचको मैत्रीपूर्ण खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । करिब दुई वर्षपछि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डस्मा नेपाली क्रिकेट टिम उत्रिएको हो ।
मौसमका कारण अनुमान गरिएअनुसार बेलायतवासी नेपाली दर्शक भने क्रिकेट मैदानमा देखिएनन् । यद्यपि, युवायुवती तथा विभिन्न संघसस्थाका प्रतिनिधिहरु उपस्थित भएर नेपाली क्रिकेट खेलाडीलाई हुटिङ गर्दै हौसल्ला प्रदान गरिरहेका छन् । नेपाली खेलाडीले पनि नेदरल्याण्डविरुद्ध राम्रो शुरुवाती प्रदर्शन गरिरहेको छ ।
बिहान दश बजेबाट क्रिकेट हुने निर्धारित समय तोकिएको थियो । पूर्व निर्धारित नेपाल, एमसीसी र नेदरल्यान्ड्सबीच लर्डसमा टी टवान्टी त्रिकोणात्मक खेल तालिका थियो ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै