अक्सफोर्ड यूनिभर्सिटीमा महिला, बालवालिका तथा जेष्ठ नागरिकमन्त्री

लन्डन । महिला, बालवालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले अक्सफोर्ड यूनिभर्सिटी भ्रमण गरेकी छिन् । मन्त्री थापा,  सांसद डा. सूर्य पाठक र प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीलगायतको टोलीले अक्सफोर्ड यूनिभर्सिटी भ्रमण गरेको हो । बेलायत भ्रमणमा रहेकी मन्त्री थापा, सांसद पाठक, जेष्ठ नागरिक मन्त्रालयका सहसचिव राधिका अर्याल र मंचका अध्यक्ष पुडासैनीले अक्सफोर्ड यूनिभर्सिटी शैक्षिक पदचाप ग्रहण बारेमा छलफल गरेका थिए ।
पुडासैनीले बेलायतका गुणस्तरीय शैक्षिक कुरालाई नेपालमा भित्र्याउने बारेमा सहयोग गर्न आफूहरु तयार रहेको जानकारी मन्त्री थापा र सांसद पाठकलाई गराए । बेलायत अक्सफोर्ड यूनिभर्सिटी विश्वभर प्रख्यात मानिन्छ ।
उक्त कार्यक्रम महासचिब बिजय लिग्देनले सन्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री