लन्डन । गैरआवासीय नेपाली संघ बेलायतले स्कटल्याण्ड राज्य समन्वय परिषद् संयोजकमा भोला खनाललाई नियुक्ति गर्ने तयारी गरेपछि तीव्र विवाद भएको छ ।
गत वर्ष एनआरएनए यूके निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएर पराजित खनाललाई संयोजक बनाउने एनआरएनए यूकेको चाहना विवादकै कारण रोकिएको छ ।
एनआरएनए यूकेले क्षेत्रीय अवधारणा अघि बढाउंदै आयरल्याण्ड र वेल्स् राज्य समन्वय परिषद गठन गरेपनि स्कटल्याण्डमा भने संघलाई असफलता हात लागेको छ ।
एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीसहितको एक टोली सोमबार स्कटल्याण्ड पुगेर रातभर सहमति प्रयास गरेपनि सहमतिमा पुग्न नसकेको महासचिव आरके त्रिपाठीले बताए ।
परिषद् संयोजक पद दावी गर्नेमा गत वर्ष एनआरएनए यूकेको निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भोला खनाल तथा स्कटल्याण्डका यज्ञमुर्ति ढकाल र मोहन कार्की छन् । केही हप्ता भित्रै बस्ने एनआरएनए यूके केन्द्रीय समिति र उम्मेदवारको रोहवरमा सहमतिको अन्तिम प्रयास गर्ने वा घोषणा गर्ने भन्ने बारेमा कार्यसमितिमा एक मत हुन सकेको छैन् ।
स्रोतका अनुसार खनालको संयोजकत्वमा गठन गर्न लागिएको परिषदमा अध्यक्ष पदका आकांक्षीलाई उपाध्यक्षमा झारिएको छ । जसमा चार जना उपाध्यक्ष बनाउन लागिएको छ । प्रस्तावित उपाध्यक्षमा यज्ञमुर्ति ढकाल, मोहन कार्की, जोनी पहारी र काशीराम भण्डारी छन् ।
सचिवमा कृष्ण दाहाल, सहसचिवमा दिवाकर पाण्डे, कोषाध्यक्षमा धनबहादुर केसी र सहकोषाध्यक्षमा यदुमणि सापकोटा छन् । बांकी उम्मेदवारहरुलाई सदस्य बनाइएको छ । एनआरएनए यूके उपाध्यक्ष ललित न्यौपानेको संयोजकत्वमा गठित राज्य समन्वय विभागको सिफारिस पारित भएमा १३ सदस्यीय समितिबाट बढेर २१ सदस्यीय परिषद गठन गरिनेछ ।
राज्य समन्वय विभाग संयोजक न्यौपानेले सबैको सल्लाहका आधारमा कार्यसमिति समक्ष स्कटल्याण्ड राज्य परिषद् गठनका लागि सम्पूर्ण कार्यसमिति बनाएर सिफारिस गरिएको बताए ।
गत सोमबार स्कटल्याण्डको नमस्ते सिम्ला रेष्टुरेन्टमा सम्पन्न भेलामा परिषदको संयोजकमा तीनै जनाले दाबी नछाडेपछि एनआरएनए यूके टोली रित्तो हात लन्डन फर्किएको थियो ।
उम्मेदवारहरुबीच सहमति निर्माणको प्रयासका लागि एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष तथा राज्य समन्वय विभाग संयोजक ललितकुमार न्यौपाने, उपाध्यक्ष प्रेम गाहा मगर र महासचिव आरके त्रिपाठी सम्मिलित एक विवाद समाधान उपसमिति गठन गरिएको थियो । उम्मेदवारले टसमस नगरेपछि उपसमितिले काम गर्न सकेन् ।
यसअघि तदर्थ समिति गठनका लागि एनआरएन यूकेका सल्लाहकार डा राम अधिकारीको संयोजकत्वमा गठित निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएको थियो । तर, सहमतिको प्रयाससंगै निर्वाचन प्रक्रियाको तयारी गर्न नसकेपछि केन्द्रीय समितिले निर्णय गर्ने गरि स्थगित गरियो ।
यसैबीच, अध्यक्षका उम्मेदवार यज्ञमुर्ति ढकालले आफ्नो उम्मेदवारी उपाध्यक्षमा सारिएकोप्रति आपत्ति जनाएका छन् । उनले प्रमुख संरक्षक, संरक्षक, अध्यक्ष र राज्य समन्वय विभागलाई लेखेको पत्रमा राणा शासन शैलीमा उम्मेदवारी परिवर्तन गरेको बताए ।
पशुपति पोखरेलले एनआरएनए यूकेको नेतृत्वले गलत कार्य नसच्चाए निषेधित क्षेत्र घोषणा गर्न वाध्य हुने चेतावनी दिएका छन् । ग्लास्गो नेपाली एसोसिएसनका पूर्व अध्यक्ष डिलु गैरेले पनि एनआरएनए यूकेको कार्यको तीव्र विरोध गरेका छन् ।
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो