लन्डन । मिलन चाम्स निर्देशित फिल्म लिलीबिलीको रेड कार्पेट प्रिमियर शो गत आइतबार हाउसफूलका साथ अल्डरसटमा सम्पन्न भयो । एम्पायर हलमा आयोजित शोमा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, लिलीबिलीकी मुख्य नायिका जसिता गुरुङ, उक्त फिल्ममा अभिनय गरेका स्थानीय कलाकारहरु मनिषकुमार श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स, यूके डान्स अफका प्रतियोगीहरु लगायत झण्डै ५ सय दर्शक सहभागी थिए ।
बेलायत तथा युरोपमा छायांकन गरिएको लिलीबिलीले नेपालमा समेत प्रदर्शनको ५१ औं दिन मनाएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी राजदूत सुवेदीले शुभकामना दिंदै पछिल्लो समय गुणस्तरिय नेपाली चलचित्र बन्न थालेकामा खुशी व्यक्त गरे । राजदूतले फिल्म शो गराउने सपन इन्टरटेन्मेन्ट लिमिटेडका सपनकुमार राईले बेलायतमा निरन्तर नेपाली चलचित्र प्रदर्शनसंगै कला, संगीत र संस्कृति सम्वर्धन एवं प्रचार प्रसार गरिरहेको भन्दै बधाइ तथा धन्यवाद समेत दिए ।
मध्यान्तरमा सपन राईले तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ जोडी, सहारा यूके अध्यक्ष मीन गुरुङ जोडी र जसिता गुरुङलाई उनीहरुको सफलताका लागि सम्मान गरेका थिए ।
जसिताले यही फिल्मबाट पाएको दुईवटा नेसनल अवार्ड राजदूत, सपन राई, एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ र तमुधिं यूके पूर्व अध्यक्ष कमल गुरुङले जसितालाई प्रदान गरेका थिए ।
सपन राईले आयोजना गर्ने नृत्य प्रतियोगिता ‘यूके डान्स अफ २०१७’ की विजेता हुन् लिलीबिलीकी नायिका जसिता । राजदूतले सपनले जसिता, धीरज मगर जस्ता धेरै कलाकार जन्माएको र बेलायतमा झिकाएको प्रसंग पनि उल्लेख गरे ।
यसैबीच, सपन इन्टरटेन्मेन्टले आगामी १४ अक्टोबरका दिन यस पटकको ‘यूके डान्स अफ’ गर्ने घोषणा गरेको छ । उक्त प्रतियोगितामा भाग लिन आवेदन खुल्ला भएको र यसको समयसीमा ३१ अगष्टसम्म कायम गरिएको जनाइएको छ ।
तस्विर शंकर श्रेष्ठ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट