लण्डन । बुढानिलकण्ठ स्कूलका भूतपूर्व विद्यार्थीहरुको संगठन सेब्स (SEBS) को बेलायत शाखाको वार्षिक भेटघाट सम्पन्न भएको छ । २१-२२ जुलाईमा लटरवर्थस्थित स्टानफोर्ड हलमा आयोजना गरिएको क्याम्पिङ भेलाले ई. हरित पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
दुई वर्षको कार्यकाल रहने गरि नवगठित समितिमा उपाध्यक्ष डा. बिष्णु परियार, सचिव गणेश चन्द, सह-सचिव मलुषा राना मगर, कोषाध्यक्ष सुमित बज्राचार्य र सह-कोषाध्यक्ष प्रदोष बिष्ट चुनिएका छन् ।
सदस्यहरुमा योजना गुरुङ लक्सम्बा, ई. गणेश थापा, डा. श्रोचिस कार्की र डा. टिशा जोशी छन् । साथै समितिले सुवास कायस्थ, साहित्यप्रेमी लोक सुब्बा (नर्बे), मेजर सम्राज गुरुङ, क्याप्टेनद्वय (पूर्व) लक्ष्मन पुन र हितमान गुरुङलाई सल्लाहकारको रुपमा चयन गरेको छ ।
भूतपूर्व विद्यार्थी, शिक्षक-शिक्षिका र तिनका परिवार सहभागी उक्त भेलालाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष सुवास कायस्थले बिगतमा भएका गतिबिधि प्रकाश पार्नु भएको थियो । उहांले उपस्थित व्यक्तित्वहरु जुनसुकै क्षेत्रबाट आएपनि बुढानिलकण्ठ स्कूलको भातृत्व एवं सामिप्यले अहिले पनि पहिलो ब्याच (सन् १९७२) देखि हालसम्मका विद्यार्थीबीच अटुट तथा सुमधुर सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
समितिको बैठकमा निवर्तमान सह-अध्यक्ष ई. गणेश थापाले स्कूलको परिपाटी अनुसार ठूलाले सानालाई पथप्रदर्शक भई हरेक तवरले मद्दत गर्ने वातावरण मिलाई कार्यसमितिको जिम्मेवारी आफू भन्दा साना एवं जुझारु वर्गमा हस्तान्तरण गर्नु भएकोमा निवर्तमान अध्यक्ष कायस्थको प्रशंसा अनि त्यसो गर्दा आफूलाई निकै गौरब लागेको बताउनुभयो ।
साथै वर्तमान एवं निवर्तमान समिति सदस्यहरुले भेला संचालनमा महत्वपूर्ण योगदान गर्ने क्याप्टेन (पूर्व) लक्ष्मन पुन र गिरि गर्बुजालाई हृदयदेखि धन्यबाद दिनु भएको थियो ।
सन् १९८१ मा स्थापित सेब्स विशुद्धरुपमा समाजसेवी संस्था हो जसले विश्वभर छरिएर रहेका बुढानिलकण्ठ स्कूलका भूतपूर्व विद्यार्थीहरुलाई एकत्रित बनाउन मद्दत गरेको छ । सेब्सले नेपाल, बेलायत, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत संसारभर विभिन्न ठाउंमा रहेका आफ्ना सदस्य तथा शुभचिन्तकमार्फत पाएको सहयोगले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको छ ।
सेब्सको मूल उद्देश्य आत्मसात् गर्दै सेब्स-युकेको स्थापना गरिएको हो भने बेलायतबाट विगतमा झैँ आगामी दिनमा पनि समाजसेवा तथा सिप स्थानान्तरणमार्फत नेपाललाई सक्दो सहयोग गर्न सेब्स-युके तत्पर रहेको अध्यक्ष हरित पोखरेलले बताए ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय