लन्डन । अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक एवं रेफ्री रवीन्द्र मल्ल लन्डनमा सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतले तेक्वान्दोका छैटौं डान मल्ललाई एक कार्यक्रमबीच सम्मान गरेको हो ।
मल्ल गत १४ देखि १५ जुलाईसम्म इष्ट लन्डनमा भएको ब्रिटिश तेक्वान्दो इन्टरनेशनल पुम्से च्याम्पियनसीप २०१८ मा निर्णायकको जिम्मेवारीमा लन्डन आएका थिए ।
सम्मानपछि मल्लले आयोजकप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको उपस्थिति उल्लेख्य हुन नसकेपनि आफूले निर्णायकको भूमिकामा देशलाई चिनाइरहेको बताए । राज्यले खेलाडीलाई हौसला र उचित वातावरण सृजना गरे अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपालको सहभागिता बढ्ने उनको धारणा थियो ।
संघका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले नेपालको चिनारी राख्ने खेलाडी र अफिसियललाई सबै क्षेत्रबाट हौसला प्रदान गर्न आवश्यक रहेको औंल्याए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै संघका उपाध्यक्ष सुरज कार्कीले तेक्वान्दो प्रशिक्षक एवं रेफ्री मल्लको व्यक्तित्वबारे अवगत गराएका थिए ।
जापानमा अप्रिल तेश्रो साता भएको ओपन तेक्वान्दो च्याम्पियनसीपमा निर्णायक बनेका उनी छिट्टै दक्षिण कोरियासमेत जाने तयारीमा छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार