
लन्डन । स्पेनको बार्सिलोना घर भइ नेपालमा समाजसेवा गर्दै आएकी एक जना समाजसेवी महिला आइना बार्कालाई लन्डनका नेपालीले स्वागत तथा सम्मान गरेका छन् । बार्कालाई खादा तथा पुष्पगुच्छ दिएर स्वागत र आर्थिक सहयोग पनि गरियो ।
पूर्वी लण्डनको रमफोर्ड निवासी समाजसेवी तथा साहित्यकार लारा (लक्ष्मी थापा राई) को संयोजकत्वमा शनिबार एसिया भिला रेस्टुरेन्टमा आयोजित कार्यक्रमबीच बार्कालाई पूर्वी लण्डन गोर्खा कम्युनिटीका अध्यक्ष मिमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष लालिता चोङबाङ, अनेसास बेलायत च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङ सहित संस्थाका अन्य सदस्यहरुले स्वागत तथा सम्मान गरे ।
विगत ६ वर्षदेखि नेपालको हेटौंडामा विकलाङ, शारीरिक अपांगता भएका बालबालिकालाई आफ्नै खर्चमा भवन निर्माण गरेर अध्ययन, खानपिन र वसोवासको सुविधा प्रदान गर्दै आएकी आइना केही समयका लागि लन्डन आएकी छिन् ।
कार्यक्रम संयोजक लाराको निम्तोमा केहि दिनका लागि बेलायत आएकी आइनाको प्रोजेक्टलाई एनआरएनए यूकेले समेत आर्थिक सहयोग दिने कार्यक्रम छ ।
कार्यक्रममा लाराले आइनाको बारेमा संक्षिप्त परिचय दिएकी थिइन् । कार्यक्रममा मिमकाजी गुरुङ, सुमलकुमार गुरुङ, ललिता चोङबाङ लगायत सहभागीले उनको महान कार्यको प्रशंसा गर्दै आभार व्यक्त गरेका थिए ।
छोटो समयमा गरिएको उक्त कार्यक्रममा सहभागीबाट करिब एकलाख रुपैयां संकलन गरि आइना बार्काको प्रोजेक्टलाई दिइयो । बार्काले आफ्नो परोपकारी कार्यक्रम र आफ्नो बारे सहभागीलाई अवगत गराउंदा सबै भावुक बनेका थिए । उनको क्रियाकलापका बारेमा तयार पारिएको छोटो भिडियो क्लिप पनि देखाइएको थियो । कार्यक्रममा लाराले जलपान प्रायोजन गरेकी थिइन् ।
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे