सोमबार, असोज १२ २०७७ | Mon, September 28, 2020
नेपालको समय: १५:२४ | UK Time: 10:39

थेम्स डायरी लिएर आए अर्याल

वीनेपाली
२०७५ साउन ४ गते २३:११


लन्डन । लन्डन बस्दै आएका युवा लेखक रवि अर्यालको पहिलो उपन्यास ‘थेम्स डायरी’ बजारमा आएको छ ।
नेपालस्थित बुलबुल प्रकाशन प्रालिले प्रकाशन गरेको ‘थेम्स डायरी’ नेपाल र बेलायतमा समेत उपलब्ध भइसकेको छ । केहि समयभित्रै एक औपचारिक कार्यक्रम गरि आफ्नो कृति विमोचन गर्ने लेखक अर्यालले बताएका छन् ।

अध्ययनका लागि बेलायत आएका चार नेपाली युवा विद्यार्थीको कथामा आधारित छ थेम्स डायरी । विदेशमा अध्ययनरत विद्यार्थीको रुपमा उनीहरुको जीवनका प्रेम, सम्बन्ध, करिअर लगायत विविध पक्षमा आउने उतारचढावहरुको जीवन्त प्रस्तुति उपन्यासमा पाइन्छ ।

‘रोमान्टिक जेनर’ को उपन्यास थेम्स डायरीले धेरै पाठकको मन जित्न सफल हुने विश्वास लेखकको छ । लामो समयदेखिको लेखन रुचीलाई थेम्स डायरीका रुपमा पाठकमाझ अभिव्यक्त गर्न पाएकोमा अर्याल खुशी छन् ।

गुल्मी तुराङ स्थायी घर भएका अर्याल विगत ९ वर्षदेखि बेलायतमा बस्दै आएका छन् । उनले बेलायतको हेरियटवाट युनिभर्सिटीबाट एमएस्सीसम्मको अध्ययन पूरा गरेका छन् ।

विभिन्न पत्रपत्रिकामा समेत नियमित लेख, रचना र कथा 
प्रकाशित गर्दै आएका अर्यालले ‘थेम्स डायरी’ पढ्न चाहने बेलायतका पाठकहरुलाई फेसबुक पेजमा म्यासेज गरेर सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक