लन्डन । गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका संस्थापक सचिव, पूर्व युरोप कोअर्डिनेटर एवं सामाजिक अभियन्ता चिरञ्जिवी ढकालले एक अनलाइनले वार्षिकोत्सवका लागि चन्दा संकलन गरिरहेको भन्दै त्यसमा आफूहरुको संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
बेलायतबाट सञ्चालित नेपाली अनलाइन न्यूजपोर्टल ‘नेपाल ब्रिटेन डट कम’ ले यही आइतबार २२ जुलाईमा ११ औं वार्षिकोत्सव मनाउने तयारी गरिरहंदा उक्त वेवसाइट सञ्चालक समितिका भूतपूर्व अध्यक्ष ढकालले एक विज्ञप्तिमार्फत भ्रममा नपर्न आग्रह गरेका हुन् ।
ढकालले उक्त अनलाइन सञ्चालनमा संस्थापक तथा व्यवस्थापक टिम र सम्पादक चिरन शर्माबीच गम्भीर असमझदारी उत्पन्न भएपछि सञ्चालक समितिका तर्फबाट आफू, कुल आचार्य, विश्वआदर्श पण्डित, कमल भण्डारी र किशोर सापकोटा उक्त मिडिया सञ्चालन नगर्ने निणय गर्दै बाहिरिएपनि शर्माले पुरानै सञ्चालक समितिले ११ औं वार्षिकोत्सव र सम्मान गर्न लागेको भन्दै भ्रम फैलाएको दावी गरेका छन् ।
विज्ञप्तिमा छ, ‘आदरणीय महानुभावहरुलाई कार्यक्रममा हाम्रो कुनै पनि तवरबाट संलग्न नरहेको जानकारी गराउंदछौं । यि कार्यक्रमका नाममा विभिन्न आर्थिक कारोवार गरिएको वा चन्दा रकम उठाइएको भन्ने सुन्नमा आएकोले सो संग हाम्रो कुनै संलग्नता नभएको व्यहोरा अवगत गराउंदछौं ।’
विज्ञप्ति जस्ताको तस्तै-
आदरणीय सामाजिक अभियन्ता एवं सम्पूर्ण पाठकवृन्दहरु
सादर नमस्कार
बेलायतबाट सञ्चालित नेपाली अनलाइन न्यूज पोर्टल नेपाल ब्रिटेन डट कमले आगामी २२ जुलाईमा ११ औं वार्षिकोत्सव मनाउने तयारी गरेको तथा सो संस्थामा हामी अझैपनि आवद्ध भएको भन्ने भ्रम छरी चन्दा संकलन गरिएको भन्ने समाचार प्रकाशित भएप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
उक्त अनलाइन सञ्चालनमा संस्थापक तथा व्यवस्थापक टिम र सम्पादक चिरन शर्माबीच न्यूज वेवसाइट सञ्चालनलगायतका केही एजेण्डामा गम्भीर असमझदारी उत्पन्न भएको थियो । ति असमझदारीवीच हामीले नेपाल व्रिटेन डटकम अघि बढाउन उचित नहुने भन्ने निष्कर्षमा पुगी सञ्चालक समितिका तर्फबाट तत्कालिन अध्यक्ष चिरन्जीवि ढकाल, कुल आचार्य, विश्व आदर्श पण्डित, कमल भण्डारी र किशोर सापकोटा लगायतले उक्त मिडिया सञ्चालन नगर्ने निणय गर्दै हामी बाहिरिने र सो संस्था हामी बाहिरिएकै मिति देखि स्वत निष्क्रिय हुने वा भंग भए सरह हुने भन्ने निरक्यौल गरेका थियौं ।
तर, हालै बेलायतस्थित विभिन्न महानुभावलाई हामी रहेकै समितिले ११ औं वार्षिकोत्सव र हाम्रो मिडियाले हरेक वर्ष घोषणा गर्दै आएको टप १० व्यक्तित्वलाई सम्मान गर्न लागेको भ्रम फैलाइएको रहेछ । यो विज्ञप्ति मार्फत हामी आदरणीय महानुभावसंग कार्यक्रममा हाम्रो कुनै पनि तवरबाट संलग्न नरहेको जानकारी गराउंदछौं । यि कार्यक्रमका नाममा विभिन्न आर्थिक कारोवार गरिएको वा चन्दा रकम उठाइएको भन्ने सुन्नमा आएकोले सो संग हाम्रो कुनै संलग्नता नभएको व्यहोरा अवगत गराउंदछौं ।
हामीले नेपाल व्रिटेन डटकम मार्फत समाजमा योगदान गरेका मानिसलाई थप हौसल्ला प्रदान गर्न टप १० व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रम गर्दै आएका थियौं । निश्चित मापदण्डका आधारमा पहिल्यै नै उत्कृष्ट व्यक्तित्व घोषणा गर्ने परम्परा विपरित अंध्यारो कोठामा बसेर एक वा दुई व्यक्तिले घोषणा गर्ने टप १० प्रति हामी अनभिज्ञ छौं । साथै टप टेन घोषणामा कुनै खालको आर्थिक चलखेल वा अनियमितता हुन सक्ने भन्ने आशयका समाचारहरु प्रकाशित भएको वा सो आशयका गाईंगुंई सुनिन आएकोले हामी सञ्चालक समितिमा नभएपछि हामीलाई यसबारेमा जानकारी रहने कुरा पनि भएन । त्यसैले सम्पूर्ण जनसमुदायहरुमा हाम्रो असंलग्नतालाई बुझिदिनुहुन विनम्रतापूर्वक आग्रह गर्दै यहांहरुको जानकारीकालागि यो विज्ञप्ति प्रकाशित गरेका छौं ।
धन्यबाद
भवदीय,
चिरन्जिवी ढकाल
भूतपूर्व अध्यक्ष, नेपाल ब्रिटेन डट कमसञ्चालक समितिकातर्फबाट
लन्डन
पुनश्चः हाल उक्त कार्यक्रममा प्रत्यक्ष र परोक्ष रुपमा संलग्न महानुभावहरुमा मामाको घोडा मेरो हिहि नगर्न अनुरोध गर्दछौं ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा