लन्डन । अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक बेलायत भ्रमणमा आएका डोनाल्ड ट्रम्पविरुद्ध लन्डनमा हजारौंले प्रदर्शन गरेका छन् । भ्रमणको दोश्रो दिन शुक्रबार केन्द्रिय लन्डन र बेलायतका केही शहरमा दिनभर ट्रम्पविरुद्ध शान्तिपूर्ण प्रदर्शन भयो ।
ट्रम्पलाई रिसाएको बालकका रुपमा चित्रित गरि ३० हजार पाउण्डमा बनाइएको भव्य बेलुन संसद भवन अगाडि उडाएर सार्वजनिक गरिएको थियो । त्यसपछि कयौं प्लेकार्ड बोकेका प्रदर्शनकारीले ट्रम्प नीतिको विरोध गर्दै बेलायतमा उनलाई स्वागत छैन् जस्ता नारा लगाएका थिए ।
सन् २०११ मा लन्डनको हिंसात्मक प्रदर्शनका बेला तैनाथ गरिएकै अनुपातमा प्रहरीहरु परिचालन गरिएको थियो भने भीड नियन्त्रण गर्न सडकमा तीन मिटर अग्लो फलामे बार लगाइएको थियो । यसअघि ट्रम्पको भ्रमण रद्द गराउन माग गर्दै करिब १८ लाख हस्ताक्षर संसदसमक्ष पठाइएको थियो ।
शुक्रबार लन्डनमा व्यापक प्रदर्शन भइरहंदा ट्रम्पले प्रधानमन्त्री टेरेजा मे निवास चेकर्समा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बेलायत अमेरिका सम्वन्ध अहिलेजस्तो मजवुत र विशेष कहिल्यै नभएको जिकिर गरे । आप्रवासीका कारण ब्रेक्जिट आएको भन्दै ट्रम्पले यो धेरै जटिल अवस्था भएको पनि उल्लेख गरेका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मेको योजना अनुसार युरोपेली युनियनबाट बेलायत बहिर्गमन (ब्रेक्जिट) भए संयुक्त राज्य अमेरिका र बेलायतबीच व्यापार सम्झौता हुन नसक्ने बताएको समाचारले तरंग ल्याएको छ । ट्रम्पले बेलायतको लोकप्रिय अखबार ‘सन’ दैनिकलाई ब्रसेल्समा दिएको भनिएको विशेष अन्तरवार्तामा प्रधानमन्त्री मेको ब्रेक्जिट योजना कार्यान्वयन भए अमेरिकाले बेलायत होइन्, युरोपेली संघसंग सम्बन्ध कायम गर्ने टिप्पणी गरेको उल्लेख थियो ।
तर, ट्रम्पले उक्त समाचार गलत भएको जिकिर गर्दै ब्रेक्जिट योजना आफूलाई ठिक भएको बताएका छन् । प्रधानमन्त्री मेले सञ्चारकर्मीमाझ ट्रम्पसंग महत्वकांक्षी व्यापार सम्झौताबारे छलफल भएको र अमेरिका बेलायतसंग व्यापार सम्झौता गर्न इच्छुक भएको बताएकी थिइन् ।
ट्रम्पलाई बिहीबार बेलायती प्रधानमन्त्री मेले ब्लेन्हीम प्यालेसमा विशेष स्वागतसहित रात्रीभोज दिएकी थिइन् । ट्रम्पले भ्रमणका क्रममा बिहीबार रोयल मिलिट्री एकेडेमीको पनि भ्रमण गरे ।
ट्रम्प र फस्ट लेडी मेलानिया शुक्रबार बेलायती महारानीलाई विन्सोर क्यासलमा भेटेपछि सप्ताहन्त मनाउन आफ्नै स्कटल्याण्डस्थित टर्नबेरी गल्फ रिसोर्ट जाने कार्यक्रम छ ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल