
लन्डन, २८ असार – बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने समाचारको अमेरिकाले स्वागत गरेको छ ।
अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायती प्रधानमन्त्री टेरेजा मेले दिनुभएको हो ।
पछिल्लो समयमा अफगानिस्तानको शान्ति सुरक्षामा झन चुनौती थपिएका भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा बेलायतलाई थप सेना पठाउन आग्रह गर्नुभएको थियो ।
नेटो गठबन्धन बेलायतलाई गरिएको सो आग्रहपछि ब्रसेल्समा बुधबार सम्पन्न नेटो आवद्ध देशको बैठकका क्रममा बेलायती प्रधानमन्त्री मेले सो प्रतिवद्धता व्यक्त गर्नुभएको अधिकारीले जानकारी दिएका छन् ।
उक्त निर्णयको अमेरिकी विदेश मन्त्रालयले स्वागत गरेको समाचारमा जनाइएको छ । विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको आग्रहमा बेलायतले सेना पठाउने भनी गरेको निर्णयको स्वागत गरेको छ ।
ती सेनाले अफगानिस्तानमा शान्ति र स्थायित्वका लागि ठूलो मात्रामा सघाउने आशा आफूले गरेको जानकारी पनि उहाँले दिएको समाचारमा छ ।
यो सहित अफगानिस्तानमा बेलायती सेनाको सङ्ख्या एक हजार १०० पुग्ने बताइएको छ । हाल अफगानिस्तामा १६ हजार नेटो सैनिक छन् ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा