लण्डन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरद्वारा प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा पुरस्कार साहित्यकार सुमाया राईलाई प्रदान गरिने भएको छ ।
समाजसेवी तथा साहित्यकार, त्रिभुवन विश्वबिद्यालयकी लेक्चरर, किरात राई यायोक्खाकी पूर्व केन्द्रिय अध्यक्ष राईलाई उनको कृति “अव्यक्त अभिव्यक्ति” कविता सङ्ग्रहका लागि सो पुरस्कार प्रदान गरिएको च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए ।
सो पुरस्कार आदिकवि भानुभक्त जयन्तिको अवसर पारेर २८ जुलाईका दिन दक्षिणपूर्वी लण्डनमा एक कार्यक्रम गरी प्रदान गरिने छ ।
अध्यक्ष गुरुङले सहभागिताका लागि बेलायतका साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सूचना पठाई सकिएको बताए ।
प्रत्येक वर्ष वितरण गरिने सुप्रमा पुरस्कारको राशी २५१ पाउण्ड र प्रशंसापत्र छ । हालसम्म सो पुरस्कारबाट सर्जकहरू मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाई र दुर्गा प्रसाद पोखरेल पुरस्कृत भएका छन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?