लण्डन । अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरद्वारा प्रत्येक वर्ष प्रदान गरिने अनेसास सुप्रमा पुरस्कार साहित्यकार सुमाया राईलाई प्रदान गरिने भएको छ ।
समाजसेवी तथा साहित्यकार, त्रिभुवन विश्वबिद्यालयकी लेक्चरर, किरात राई यायोक्खाकी पूर्व केन्द्रिय अध्यक्ष राईलाई उनको कृति “अव्यक्त अभिव्यक्ति” कविता सङ्ग्रहका लागि सो पुरस्कार प्रदान गरिएको च्याप्टरका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए ।
सो पुरस्कार आदिकवि भानुभक्त जयन्तिको अवसर पारेर २८ जुलाईका दिन दक्षिणपूर्वी लण्डनमा एक कार्यक्रम गरी प्रदान गरिने छ ।
अध्यक्ष गुरुङले सहभागिताका लागि बेलायतका साहित्यिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई सूचना पठाई सकिएको बताए ।
प्रत्येक वर्ष वितरण गरिने सुप्रमा पुरस्कारको राशी २५१ पाउण्ड र प्रशंसापत्र छ । हालसम्म सो पुरस्कारबाट सर्जकहरू मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाई र दुर्गा प्रसाद पोखरेल पुरस्कृत भएका छन् ।
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन सर्वोच्चको आदेश
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने